गोरखाको श्रद्धाञ्जलीका लागि साल्मे डाँडामा लुम्विनीबाट भिक्षुहरु आउने

Read Time:1 Minute, 22 Second

हुम तमु, पोखरा, ३० कात्तिक
ब्रिटिश साम्राज्यको पक्षको युद्धहरुमा मारिएका, बेपत्ता पारिएका ६० हजार पितृ गोरखाहरुलाई  श्रद्धाञ्जली अर्पण गर्न लुम्बिनीबाट बौद्ध भिक्षुहरु आउनु हुने भएको छ ।
पितृ गोरखाहरुको आत्माशान्ति र पितृउद्धारका लागि स्याङ्जा फेदीखोला साल्मेडाडामा मंसिर ५ देखि ७ गते सम्म गोर्खा भुतपूर्व सैनिक संघ गेसोले आयोजना गर्ने काजकिरिया तथा श्रद्धाञ्जलीका लागि विश्व शान्तिको कामना गर्दै बौद्ध भिक्षुको टोली आउने गेसोको केन्द्रीय सभापती पदमबहादुर गुरुङले जानकारी दिए ।
मंसिर ५ गतेदेखि ६० हजार पितृ गोरखाका काजकिरिया तथा श्रद्धाञ्जली कार्यक्रमका लागि अहिले साल्मेडाडामा किरिया पुत्रीहरु, धर्म गुरुहरु र सञ्चार केन्द्र निर्माणको तयारी भइरहेको स्थानीय तथा पुर्व सभासद हितकाजी गुरुङले जानकारी गराए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %