हुम तमु,
पोखरा, २९ कात्तिक, ब्रिटिश साम्राज्यको पक्षको युद्धहरुमा मारिएका, बेपत्ता पारिएका ६० हजार पितृ गोरखाहरुलाई श्रद्धाञ्जली अर्पण गर्न बरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य साल्मे डाँडा पुग्नु हुने भएको छ ।
पितृ गोरखाहरुको आत्माशान्ति र पितृउद्धारका लागि स्याङ्जा फेदीखोला साल्मेडाडामा मंसिर ५ देखि ७ गते सम्म गोर्खा भुतपूर्व सैनिक संघ गेसोले आयोजना गर्ने काजकिरिया तथा श्रद्धाञ्जलीमा बरिष्ठ कलाकारहरु मदनकृष्ण र हरिबंश श्रद्धाञ्जलीका लागि आउनु हुने भएको गेसोको केन्द्रीय सभापती पदमबहादुर गुरुङले जानकारी दिनुभयो ।
बेलायतीको पक्षमा प्रथम विश्वयुद्ध, द्धितिय विश्वयुद्ध लगायत विभिन्न लडाईमा मारिएका, बेपत्ता पारिएका गोरखाहरुको अझै काजकिरिया नभएको र गैरकानुनी ढंगवाट युद्धमा गोरखाहरु होमिएको थाहा पाएपछि वरिष्ठ कलाकारहरुले श्रद्धाञ्जलीका लागि साल्मेडाँडा आउने निश्चित गरेको सभापती गुरुङले बताउनुभयो ।
