गोविन्द घर्ति
देवदह, नेपाल मगरलेखक संघ लुम्विनी अञ्चल समितिले गतशनिवार आदिवासी अधिकारका सवाल विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संचारमा लामो समय विताउनु भएका विन्दु प्रकाश कायस्थले नेपालमा अहिले सम्म प्रजातन्त्र नआएको बताउनु भयो । नेपालमा भएका जति पनि लोकतन्त्रका प्रयासहरु छन् त्यो यहाँका अधिकांश जनसंख्या भएका आदिवासी जनजातिका हक अधिकारका विषयमा स्थापित हुन नसकेको बताउनु भयो । नेपालमा धेरै पटक नेपालीको नाक काटिएको र अझै काटिने प्रक्रियामा रहेको समेत दावी भयो । अहिले लामो प्रयास पछि तीन करोड नेपालीहरुको प्रतिनिधित्व रहेको संविधान सभालाई हत्या गरेर आम नेपालीहरुको नाक काटिएको समेत उहाले बताउनु भयो । उहाले संघियताका कारण कुनै पनि मूलुकमा जातिय द्वन्द्ध नआएको र देश पनि नटुक्रिएको बताउदै नेपालमा पनि संघियता कारण देशमा जातिय द्वन्द्ध पनि नआउने र देश पनि नटुक्रने बताउनु भयो । कार्यक्रममा नेपाल मगर लेखक संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष विष्णु कुमार रानामगर, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टा, नेपाल आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका सचिव टेक बहादुर मास्की, मगर चलचित्र कर्मी संघ केन्द्रिय सचिव शंकर गाहा, मगर भाषा तथा साहित्य विकास केन्द्रका उपाध्यक्ष हरिदेव थापा तथा आदिवासी संञ्चार कर्मीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष लोकनेश ढेंगामगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सचिव आशिष सूर्यवंशीले संचालन गर्नु भएको थियो ।
