तमु ट्हो ह्युल हङकङले रोधी साँझ गर्ने

“भाषा, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण गर्रौ” भन्ने नाराका साथ तमु ट्हो ह्युल हङकङले रोधी साँझ २०१२ गर्ने भएको छ । हन्ग्री आई रेष्टरेण्टमा आयोजित पत्रकार सम्मेलनमा लोक दाहोरी गायक शंकर विरही गुरुङ र लोक गायिका विष्णु माया गुरुङ कार्यक्रम सफल पार्न नेपालबाट आउने जानकारी दिइएको थियो । २४ डिसेम्वर २०१२ का दिन याउ मा तेइ कम्यूनिटी हलमा स्थानिय कलाकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न हुने अध्यक्ष अर्जुन गुरुङले बताए । 
अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतमा सचिब युबराज गुरुङले सञ्चालन गरेका थिए । उपाध्यक्ष रीता गुरुङले स्वागत मन्तब्य दिएकी थिइन । कोषाध्यक्ष राधिका गुरुङले कार्यक्रम सफल पार्न सहयोगको आह्रवान गर्दै हंगकंग डलर ३६,०००.०० संकलन भएको बताइन । ब्यापार ब्यबसायी र बिशेष गरेर संस्था नेतृत्व गरेका तमुहरुको उपस्थिति रहेको थियो ।
तमुहरुको नया बर्ष तमु ल्होछार ३० डिसेम्वरका दिन मनाउने कार्यक्रम रहेको छ ।