दीपा आले
नेपालगन्ज कार्तिक २१ गते, नवयुक्त मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक टोपेन्द्रध्वज हमालले नेपालगन्जस्थीत क्षेत्रीय प्रहरी तालिम केन्द्र परिसर भित्र निर्माण हुन लागेको ५ तले महिला तथा बालबालिका प्रशिक्षण भवनको शिलान्याश गर्नु भएको छ ।
नवयुक्त मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हमालले मंगलबार भवनको शिलान्यास गर्दै आफ्नो संगठन महिला तथा बालबालिकाप्रति अति संवेदनशील भएको धारणा राख्नु भयो ।
उहांले प्रहरीका भौतिक संरचनाहरु गुणस्तरीय हुनु पर्ने एवं निर्धारित समयमा निर्माण पुरा गर्न अनुगमन हुनु पर्ने बताउदै प्रहरी भनेको नाफा कमाउने उद्देश्य नभई जनताको सेवा गर्ने प्रहरीको भवन निर्माण गर्दा सबै पक्षको सेवारहित भावना हुनु पर्ने बताउनु भयो ।
प्रहरी तालिम केन्द्र परिषदमा निर्माण हुन लागेको सो भवनकोलागि नेपाल सरकार शान्ति तथा पुनर निर्माण मन्त्रलाय शान्ति कोष सचिवालय,युरोपियन युनियन, जर्मनी शान्ति कोष, स्वीजरलैण्ड शान्ति कोषबाट २ करोड ५० लाख ५० हजारको लागतमा लिफ्ट सहितको ५ तले भवन महिला तथा बालबालिकाको क्षेत्रमा प्रयोग हुनेछ ।
उक्त भवन १४ महिनामा निर्माण सम्पन्न हुनेछ भने भवनमा २ वटा सुविधा सम्पन्न तालिम हल र बांकीमा महिला प्रहरीको लागि व्यारेकको रुपमा प्रयोग हुने क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्जले जनाएको छ ।
महिला तथा बालबालिका प्रशिक्षण भवनको शिलान्याश
Read Time:2 Minute, 12 Second
