दीपा आले
नेपालगन्ज कार्तिक १७ गते, जिल्लामा रहेर शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै बांकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिक्रम सिंह थापालाई नागरीक अभिनन्दन गरीएको छ ।
बांकेको बेलभार र साईगांउका स्थानिय बासिन्दाले शुक्रबार एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक थापाको सम्मान तथा अभिनन्दन गरेका हुन ।
अभिनन्दन कार्यक्रममा बोल्दै प्रहरी प्रमुख थापाले जनताले गरेको सम्मानले आफुलाई अझ हौसला थपेको बताउदै आगामि दिनमा जिल्लालाई अपराधमुक्त जिल्ला बनाउनका लागि आफुले कुनै कसुर बांकि नराख्ने बताए ।
नागरीक र प्रहरीको एउटै सोंच र एउटै बिचार हुन सके समाजबाट अपराध मुक्त हुने बताउदै शान्ति शुरक्षाको प्रत्याभुती दिलाउनका लागि आफु कहिल्लै पछि नपर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रहरी उपरीक्षक थापाले समाजमा हिंसात्मक गतिविधि फैलाउने तथा सामाजिक अपराधिक कार्यमा संलग्न सो कोहीलाई पनि कानुन नछाडने धारणा ब्यक्त गरे ।
कार्यक्रममा बेलभार गाविसका समाजसेवी ईन्दबहादुर थापा मगरले बांके जिल्लामा एसपी विक्रमसिंह थापा आएपछि यहांका बासिन्दाले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पाएकोमा आफूहरु धेरै खुशी भएको बताए ।
समाजसेवी थापा मगरले ग्रामीण क्षेत्रको विकासमा सरकारको ध्यान जान नसक्दा आफूहरु चिन्तित भएको बताउंदै दुरदराज बसोबास गर्ने जनताको लागि पनि राज्य संबेदशील हुनु पर्ने धारणा ब्यक्त गरे ।
बेलभार र सांई गांउका स्थानियबासिन्दाहरुले आफनै जनश्रमदानमा बेलभार देखि भारतको सिपुरासम्म निर्माण गरेको झण्डै १ किलोमिटर सडकको पनि प्रहरी प्रमुख थापाले उद्धघाटन गरे । सडक निर्माणका साथै बेलभारमा प्रहरी चौकि स्थापनाका लागि झण्डै ५ कट्टा जग्गा उपलब्ध गराउने बेलभार १ का हौसिंलाल बर्मालाई सबैले धन्याबाद दिएका थिए ।
