नेपालगन्ज कारागारका कैदीहरु रोगले ग्रस्त

Read Time:3 Minute, 10 Second

दीपा आले

नेपालगन्ज, कार्तिक १४ गते, नेपालगन्ज कारागार भित्र रहेका अधिंकाश कैदीहरुलाई यति बेला विभिन्न रोगले ग्रस्त भएका छन् । कारागारमा २ सय क्षमता भन्दा बढी कैदी बस्न नमिल्ने भएपनि हाल ३ सय ७३ जना कैदीहरु बस्न बाध्य छन् ।
 कारागारमा एकातिर क्षमता भन्दा बढी  कैदी बन्दीहरु र अर्कोतिर खाने पानी समेत दुषित भएको हुनाले ९९ प्रतिशत कैदीहरुलाई छाला चिलाउने, पाक्ने र सुनिने रोग लागेको हो l 
 नेपालगन्ज काराकारमा कैदीहरु पुरुष तर्फ ३ सय ३३ जना र महिला तर्फ नाबालिका गरी ४० जना रहेका छन् ।
 कारागार क्षमता भन्दा बढी भएकै कारण यता महिला कैदीहरुलाई पाईल्स रोग, पाठेघर सम्बन्धी रोग, मानसिक रोग, हडडीको रोग समेतले ग्रस्त बनाएको कैदी महिलाहरु बताउंछन् । लामो समय पाठेघरदेखि पीडित कैदी कमला सुनार पाठेघर रोगले गर्दा दिशा पिसाब गर्न समेत अफ्ठायारो भएको दुखेसो पोख्छन् l
त्यसैगरी अर्का कैदी यदु गिरी पनि पाइल्स रोगले पीडित भएको बताउंदै दिसा गर्दा रगत समेत आउने गरेको पीडा ब्यक्त गर्छिन । कारागारमा कैदीहरुको उपचारकोलागि केही संघसंस्था आउने गरेता पनि दिर्घ कालिन उपचार हुन नसक्दा उनीहरु निरास पनि छन् । यता कारागारमा कैदीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी प्रहरी नायब निरिक्षक गणेशमान खड्का भने क्षमता भन्दा बढी कैदी भएकै कारण विभिन्न रोग लागेको बताउंदै उपचारको लागि केही पहल भएको ठोकुवा गर्छन् । कारागार प्रशासनका सुब्बा बेदेश्वर गौतमका अनुसार कारागारको भौतिक पूर्वाधारहरुको अवस्था अन्त्त कमजोर भएको हुंदा कैदी मात्र नभई कर्मचारीहरुलाई समेत अफ्ठयारो परेको दुखेसो पोख्छन् l 
 नेपालगन्ज कारागारमा बन्दीहरु खुला आकाशमा दिनरात बिताउन बाध्य ति बन्दीहरुको लागि राज्यले सुधार गृहको व्यवस्था गर्नु पर्ने गौतमले बताए l नेपालगन्ज काराकारलाई व्यवस्थीत गर्न सञ्चार माध्यमले पटक पटक कलम नचालाएको होइन तर राज्य पक्ष नै उदासिन भएको एक कर्मचारी नाम नभन्ने शर्तमा बताउंछन् l कहिले जाला कारागारलाई व्यवस्थीत गर्न राज्यको ध्यान यो त एउटा उदारहण मात्र हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %