हङकङमा सधैँझै साहित्य अनुरागीहरूको साझा सृङ्खला पांचौ स्थानीय जोर्डनको सनराईज साप्ताहिक कार्यालयमा सम्पन्न भएको छ । निर्धारित मिति अनुरूप प्रत्येक महिनाको अन्तिम आईतवार साहित्य सृङ्खलाका संयोजक कवि चन्द्र मादेन “आन्छन्”को संचालनमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाली वाङ्मय साहित्यको सम्वर्दन र समवृद्वीको लागि विभिन् वहस भएको थियो । उपस्थित कवि र कवयित्रिहरूमा दीपा एवाई,त्रिभुवन लुङफुङ्वा,विष्णू ईङ्नाम,टोपराज राई,पृथ्वीमान थेवे र प्रकिश छाङ्छाले कविता वाचन गरेका थिए भने नरेश सुनुवार, भूपेन्द्र चेम्जोङ्, देश सुव्वा,आशिष साम्पाङ महेश, नविनता राई,सरीता राई चेम्जोङ्, श्री कुमार पूर्वेली, अशोक राई र मोती चाम्लिङ आदि को सहभागितामा छोटो समिक्षा र मन्थनज भएको थियो ।
—चन्द्र मादेन “आन्छन्”
