ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

Read Time:1 Minute, 18 Second

गैडाकोट, १३ कात्तिक, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा गएराति ट्रकको ठक्करबाट दुई युवकको  मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ  आउँदै गरेको ना२ख ३७९८ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना१५प ५९६७ नम्बरको मोटरसाइकललाई गैँडाकोट– ९ थुम्सीमा ठक्कर दिँदा स्थानीय दुई युवक बेद थापा र भरत रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । उनीहरु अन्दाजी १९, २० वर्षका थिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाहरुको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई गैँडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ । राति ९ बजे भएको सो घटनापछि स्थानीयवासीले दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै गैँडाकोटमा केही समय सडक अवरुद्ध पारेका थिए ।

देवेन्द्र सारु मगर्, चितवन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %