करबाकेली थान उद्घाटनको तयारी अन्तिम चरणमा

Read Time:2 Minute, 16 Second

म्याग्दी, धौलागिरीमा बसोबास गर्ने पुन मगरहरुको आस्थाका केन्द्र करबाकेली बाबाको राष्ट्रिय स्तरको थान निर्माण सम्पन्न भई त्यस वरपरका स–साना कामहरु सम्पन्न गर्न काफलडाँडाबासीहरु लागिरहेको जानकारी थान निर्माण समितिका संयोजक चामबहादुर गर्बुजा दशैको बेला काठमाडौंमा आएको बेला समाज रहेको गन्यमान्यहरुको भेलामा दिएका छन् ।
करबाकेली उद्घाटन कार्यक्रममा करबाकेली अनुसन्धानद्वारा प्रकाशित हुने दुई वटा (कुलदेउता पुजा विधि र करबाकेली थान निर्माण, शुरुदेखि समापनसम्म) पुस्तकको लागि अन्तिम चरण सम्पन्न भई प्रेसमा गएको कुरा अनुसन्धान  समितिका अध्यक्ष दलबहादुर पहरे पुनले उक्त भेलामा जानकारी गराएका थिए भने समितिका सचिव मेजन फगामीले उद्घाट्न कार्यक्रमबारे बिस्तृत जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा पुन समाज बेलायतका प्रतिनिधि, पुन मगर समाज हङकङका प्रतिनिधि लगायत देशका विभिन्न भागबाट सहभागीहरुको उपस्थित हुने छ भने करबाकेली थान निर्माण सम्पन्न पश्चात विभिन्न मानिसहरुको आगमन पनि भईरहेको जानकारी संयोजक चामबहादुर जानकारी गराउँछन् ।
उद्घाटन कार्यक्रम पुर्व कुल देउता पुजा मंसीर ११ गते, १२ गते उद्घाटन र १३ गते पूख्र्यौली तथा यानीमाया गीत प्रस्तुत हुनेछ । साथै उद्घाटन कार्यक्रमको बेला पुस्तक प्रदर्शनी तथा विक्री वितरण, स्वास्थ्य शिविर लगायत करबाकेली अनुसन्धान समितिले गरेका कार्यक्रमहरुको झलक स्वरुप फोटो प्रदर्शनी पनि गरिने भएको छ ।

M Pun

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %