मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख नायव महानिरीक्षक पार्वती थापा मगरलाई विदाई

दीपा आले
नेपालगन्ज, कार्तिक ८, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पार्वती थापा मगरलाई बुधबार एक कार्यक्रमका विच विदाई गरिएको छ । १४ महिना देखि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत प्रहरी प्रमुख नायव महानिरिक्षक थापा मगरलाई प्रहरी प्रधान कार्यालय काठमाडौमा सरुवा हुनु भएको हो l 
विदाई समारोहमा बोल्दै थापा मगरले मध्यपश्चिमको सबै जिल्लामा भ्रमण गर्दा जनताको दुःख पीर पर्कालाई साट्न पाउंदा आफूलाई अत्यन्त खुशी लागेको बताउनु भयो । उहांले यस क्षेत्रमा अझ पनि विकासको खांचो भएको औल्याउनु भएको थियो ।
प्रहरी प्रमुख थापा मगरले आजको २१ औं शताब्दीमा आईसक्दा पनि महिला प्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै महिलाले गरेको राम्रा कामलाई पुरुषबादी समाजले प्रोत्साहन र हौसला दिनुपर्ने धारणा राख्नु भयो ।
उहांले प्रहरी संठगन भनेकोको जनतालाई सेवा गर्ने घर भएको हुंदा सबैमा भाइचारा आत्मीयता हुनुपर्ने बताउंदै सबैलाई सकारात्मक सोंचको विकास गर्नु पर्ने बताउनु भयो । प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक थापाम गरलाई विदाई गर्नै अञ्चल  प्रहरी प्रमुख माधवप्रसाद नेपालले उहांको आगामी दिनको उत्तर उत्तर प्रगतिको कामना गर्नु भएको थियो ।
अञ्चल प्रमुख नेपालले विदाई समारोहमा बोल्दै मध्यपश्चिमको सबै जिल्ला भ्रमण गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिनु प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक थापा मगरको योगदान भएको बताउनु भयो । 
 त्यसैगरी कर्मचारी मिलन केन्द्रले पनि मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पार्वती थापा मगरलाई एक कार्यक्रम गरी विदाई गर्नु भएको थियो ।
विदाईकै अवसरमा  नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष डम्मर थापा मगर लगायत आदिबासी जनजातिहरु प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक थापा मगरलाई राझा एयरपोटमा विदाई गर्न आउनु भएको थियो ।