बाच्नु भनेको जिन्दगी घचेट्नु हो

Read Time:5 Minute, 41 Second

बाच्नु भनेको जिन्दगी लाई अघी बढाउनु हो । जिन्दगी अघी बढाउनु हाम्रो अधिकार र कर्तब्य पनि हो । तर कसरी अगाडि बढाउने त ? थोरै कुरा राख्न्न मन लगेको छ । गाडी चालकले गाडी चलाऊन सक्छ भनेर जथा भाबी चलायो भने परिणाम के हुन्छ होला थाहा भएकै कुरा हो । गन्तब्यमा पुग्न सकिएला त ? पुगे पनि सही स्थितीमा नहुन सक्छ । गन्त्ब्यमा पुग्नु एक सार्थकता, जिन्दगीको सफलता हो र पनि पूर्ण सार्थकता भनेको गन्तब्यमा कसरी पुग्ने हो । हाम्रो जिन्दगी भनेको हाम्रो लागि एउटा गाडी हो, बाहन हो, साधन हो जस्को माध्यमबाट हामी यात्रा गरी रहेका हुन्छौ । जिन्दगीको यो यात्रालाई सहज् तरिकाले अघी बढाउनलाई धेरै कुरामा सचेत हुनु पर्ने देखिन्छ ।हैन भने पछुताउनु भन्दा अर्को बिकल्प रहने छैन ।

जन्मेपछी मृत्यु अवश्य हो यस्मा छनोट गर्न सकिदैन तर कस्तो  मृत्यु वा कसरी मृत्यु भन्ने चाँही छनोट गर्न सकिन्छ । जस्तो विद्दान ब्यक्ती भएर, प्रसिद्दी ब्यक्ती भएर, बलवान भएर, राजनीतिज्ञ भएर, मन्त्री वा प्रधान मन्त्री भएर, राष्ट्रपती भएर, करोडपती भएर अथवा मात्र श्रीमतीको पती भएर यि सबै छनोट गर्न पाइने कुराहरु हुन । छनोट प्रकृयामा थुप्रै किसिमको मत भेद हुन सक्छ । जस्तो हामी जस्ता ब्यक्तीले कहाँको राजनीति गर्न सक्नु वा कहाँको करोडपती वा कताको राष्ट्रपती आदी । तर यि सबै विकल्पहरुलाई लिन् नसके पनि स्वास्थ भएर मृत्युसम्म पुग्नको लागि त्यहा छनोट गर्ने ठाउँ छ ।
 सबैलाई थाहा छ स्वास्थ्य हुनु पर्छ भनेर । र पनि हामी धेरै जसो अस्वस्थ्य जिबन बिताइ रहेका हुन्छौ । केही न केही रोगलाई सँगसङ्रै लिएर हिडि रहेका हुन्छौ ।

अनी यि रोगहरुबाट पार पाउनका लागि औषधीको सहारा लीइ रहेका हुन्छौ । तर औषधी किन प्रयोग गर्नु पर्यो भन्ने कुरामा बिचार  पुर्याएका हुँदैनौ । हामीहरु औषधीको प्रयोगमा गर्ब गर्दछौ । मलाई डा. ले यस्तो औषधी दियो, मैले यो औषधी प्रयोग गर्छु इत्यादी । तर औषधीले रोगलाई पूर्णतया निदान नगरेर सन्तुलनमा राख्न्ने काम मात्र गर्छ भन्ने कुराको अबगत हुनुपर्दछ । र अहिलेसम्म त्यस्तो औषधीको बिकास भएकै छैन जस्ले रोग पूर्णतया निको पारेको ।
साधारण उदाहरण, जसलाई ब्लड प्रेसर वा डाएबेटिज भएको छ उनीहरुले जिन्दगी भर औषधी खानु पर्छ । एक दिन पनि छुटाउन पाईदैन । आधुनिक बिज्ञानले औषधी त बनाएको छ तर एउटा अङ्गलाई ठीक पारे पनि अर्को अङ्गलाई असर् पारी राखेको हुन्छ जसलाई हामी साइट इफेक्ट भन्ने गर्छो । तर हामी यस्ता साइट इफेक्टलाई ध्यान दिने गर्दैनौ र त हामी दिन प्रती दिन  रोगका सिकार बनी रहेका हुन्छौ ।
तेसैले यि सबै कुराहरुबाट पार पाउनको लागि आजै देखी खान पानमा सुधार, बिचारमा सुद्ता गर्नु पर्ने देखिन्छ ।
मधुमेह रोग विशेषज्ञ डा. ॠषि कुमार काफ्ले ले उज्जु डार्लिङ प्रोग्राममा गरेको वार्तालाप वा शाहीद गगा लाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक एबम बरीस्ठ मुटु रोग विशेषज्ञ डा. मन बहादुर केसी ले बि.बि.सी. न्युज 23 Oct 2012 नेपाल सन्दर्भमा गरेको कुराकानी सुन्नु भयो भने त्यहाबाट स्पस्ट थाहा पाउन सकिन्छ कि धेरै माछा मासु, चिल्लो, मादक पदार्थ सेबन बाट सरिर लाई कत्ती हानी गर्दो रहेछ भनेर ।
 भर्खरै मात्र नेपालमा भई राखेको ठुलो चाड भनेर चिनिने दशै जनजाती बिच मनाउने कि नमनाउने भनेर जती  नै बिबाद भए पनि परापुर्ब कालदेखी चल्दै आएको रिती रिवाज भनेर मनाउदै आउने गरेका छन नेपाली जनजातीहरुले । बिशेष गरेर दसैं चाडमा जनजातीहरुले नै धेरै मात्रामा काट मार गर्ने र मासु धेरै खाने गर्द्छ । तेस्यैले चाड मनाउनु पर्छ तर आफ्नो स्वास्थ्यलाई बिचार गरेर हाम्रो गाडीलाई अगाडि बढाउ, यदी हाम्रो गाडी राम्रोसँग अगाडि बढेमा मात्रा हाम्रो जिन्दगीको यात्रा सफल मानीनेछ ।

नारायण राना

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %