दीपा आले
नेपालगन्ज, कात्तिक ५, नेपाली कांग्रेसका सभापति सुशिल कोईरालाले नयां चुनाब नहुंदा सम्म राष्ट्रपतिको चुनाब हुनै नसक्ने बताए । एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको चुनाब गर्ने कुरा उठाईरहेका बेला सभापति कोईरालाले अन्तरिम संबिधानमा अर्को चुनाब नहुदासम्म राष्ट्रपति हट्ने प्राबधान नै नभएको बताए ।
नेपाल प्रेस युनियन बांकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति कोईरालाले राष्ट्रपतिको निर्वाचन सरकारको आयु लम्ब्याउन एकिकृत माओबादीले गरेको बहानाबाजी मात्रै भएको आरोप लगाए ।
राष्ट्रिय सहमतीको सरकारले मात्र मुलुकको निकास निस्कने बताउदै काईरालाले एकिकृत माओबादीको नेतृत्व स्वीकार गरेर कांग्रेस चुनाबमा नजाने प्र्रष्ट पारे । संबिधानसभा पुनःस्थापना भन्दा निर्बाचन नै उत्तम बिकल्प भएको सभापति कोईरालाको भनाई छ ।
सभापति कोईरालाले कांग्रेसले बार्ता र आन्दोलन संगसंगै अगाडी बढाउने बताउंदै संबिधान सभा कुनै हालतमा पुनस्र्थापना हुन नसक्ने स्पष्ट पारे ।
आगामी कात्तिक २४ गतेबाट गर्न लागिएको आन्दोलनले भट्टराई नेतृत्वको सरकारलाई ढाल्ने उहांले दाबी गरे ।
माओबादीको नेतृत्वमा चुनावी सरकार कांग्रेसलाई स्विकार्य नभएको बताउंदै सभापति कोईरालाले नयां निर्वाचनको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नु पर्ने दाबी गरे ।
संबिधानको चुनाब नहुंदासम्म राष्ट्रपतिको चुनाब हुनै सक्दैन : कोइराला
Read Time:2 Minute, 9 Second
