श्रम मन्त्री कुमार वेलवासे घुस प्रकरणमा मुछिए पछि पदबाट राजीनामा दिएका छन् । वेलवासेले घुस लिएको सार्वजनिक भए लगतै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पदवाट राजीनामा दिन निर्देशन दिए पछि उनले राजीनामा दिएका हुन् । मन्त्री वेलवासेले शनिवार आफ्नो राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा फयाक्स मार्फत पठाएका थिए । उनको राजीनामा आइतवार स्वीकृत गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
मेनपावर कम्पनीको नाममा पुगेका भष्ट्राचार विरुद्ध सामाजिक संस्थाका पदाधिकारी संग मन्त्री वेलवासेले पार्टीको लागि घुस लिएको भिडियो सार्वजनिक भएको थियो । स्रोतका अनुसार उनले करीब २२ लाख रुपैयाँ मेनपावरवाला संग घुस लिएका थिए । बेलवासे नेकपा मालेवाट सरकारमा सामेल थिए । उनको राजीनामा पछि भट्टराई नेतृत्वको सरकारमा मन्त्री मण्डलको संख्या जम्मा १६ मा सिमित बनेको छ ।
