न्दिरा चोङ्बाङ
अमेरिकामा रहेका आदिवासी जनजाति महिला महासंघले आफ्नो स्थापनाको तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा एक बिशेस समारोहको आयोजना गरेको छ । अमेरिकामा रहेका आदिवासी जनजाति महिलाहरुलाई संघठित गर्नका लागि, आदिवासी जनजाति महिलाहरुको भाषा सस्कार, सस्कृतिको रक्षा गर्नको लागि, आदिवासी जनजाति महिलाहरुको सिप र कलालाई संरक्षण गर्नका लागि, बिस्वमा रहेका महिलाहरुको संगठनसंग सम्पर्क बढाउने जस्ता उदेश्यहरु लिएर यो सस्था अमेरिकाको न्यु योर्कमा अक्टोबर नौ तारिख २०१० सालमा एक भेलाको बीच तदर्थ समितिको गठन भएको थियो । स्थापना कालको केहि समय पछी सोहि समितिले न्यु योर्कमा रहदै आएका विभिन्न आदिवासी जनजाति महिलाहरुलाई समेटेर एक कार्य समितिको निर्माण गरेको हो ।
आज यो वर्षमा आइपुग्दा सस्थाले विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ । आदिवासी जनजाति महिला महासंग भन्ने बित्तिकै ब्यबहारिक रुपमा संस्थाहरुको छाता संगठनलाई बुझिए पनि ठाउँ, समय र परिस्थितिको बाबजुद बिभिन्न जातीय सदस्यहरु समेटिएको सस्था लै नै महासंघको रुपमा बैधता प्राप्त गरेको छ ।
बार्षिक उत्सब समारोहमा आदिवासी जाति महिला, पुरुस तथा युबाहरुको उपस्थिति रहेको थियो । प्रमुख अथितिको तर्फबाट बोल्दै आदिवासी जनजाति महासंघ अमेरिका फिपनाका कार्यबाहक अधक्ष बिनोद पोमोले महिला महासंघले जन्मिदा देखि नै खेप्दै आएको बिभिन्न चुनैतिहरुलाई ब्याख्या गरे । ूमहिला महासंघको जन्म हुनमा फिपनाको प्रमुख भूमिका थियो भने जहिले पनि फिपना यस सस्थालाई हरेक अवस्थामा साथ र सहयोग गर्दै अघि बढ्नेछू उनको भनाइ थियो । त्यसैगरि आदिवासी जनजाति महासंघ अमेरिकाको सल्लाहकार तथा एन आर एन एन सी सी अमेरिकाको बोर्ड अफ डाइरेक्टर अधिबक्ता दुर्गा सुब्बाले महिला महासंघले कानुनी र ब्यबहारिक रुपमा यो अवस्थासम्म आइपुग्दा सम्म खप्दै आएको चुनौतिहरुको ब्याख्या गर्दै कानुनी रुपमा यस सस्थाको हैसियत कसरि महासंघ हुन् गयो भन्ने स्पस्ट पारे ।
कार्यक्रममा सस्थाकी महासचिब इन्दिरा चोंग्बंगले सस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष गंगा राइको अभाबमा सदस्य सुभद्रा लावोतिले सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
शुभकामना मन्तब्यकै क्रममा हेबेन्ली पाथकि अध्यक्ष शुकु राइले यस सस्थाले गर्दै आएको विभिन्न गतिविधिहरु अत्यन्तै महत्वपुर्ण भएकोले आगामी दिनमा अझ सफलतापुर्बक अघि बढ्नका लागि सुभकामना दिइन् । सोहि अवसरमा न्यु योर्कमा भखर मात्र स्थापना भएको नेपाली नरसिंग एसोसिएसन रारा कि सचिब रिता श्रेष्ठले यस सस्थासंग आगामी दिनमा हातेमालो गरेर अघि बढ्ने इच्छा ब्यक्त गरिन । कार्यक्रममा आदिवासी जनजाती महिला महासंग अमेरिकाकै पहलमा गठन भएको आदिवासी युवा संगठनकी कार्यबाहक अधक्ष्य करुणा राइ र महासचिब जुबी गौचनले पनि सुभकामना मन्तब्य दिएका थिए ।
महासचिब दुवरा संचालित यस कार्यक्रममा स्वागत मन्तब्य सस्थाकी उपाध्यक्ष पुस्पलता थाम्सुहंगले गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा यस कार्यक्रम सफल पार्नका लागि सहयोग पुर्याउने सम्पूर्ण सघ सस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिंदै अध्यक्ष संगिनी राना मगरले यस संस्थाले गरेको कार्यक्रमको बिस्लेशन गर्दै यो संस्था अन्य कुनै ब्यक्ती या संस्थासँग प्रतिस्प्रर्धा गर्नको लागि नभै कसरी सामुहिक रुप्मा एकिक्रित भएर अघी बद्न सक्छौ भन्ने उदेश्ले खोलिको भन्ने प्रस्टाइन् । आदिवासी जनजाति महिलाहरु ले आफु के हु, के हु र आफ्नो सन्तानलाई कसरि मान्छे बनाउने भन्ने बिसयमा गम्भीर भएर सोच्नु पर्ने प्रसङ्ग राख्दै औपचारिक कार्यक्रमको अन्त्य भयो ।
