राष्ट्रिय महिला मोर्चाको महाधिवेशन महोत्तरीमा

Read Time:1 Minute, 9 Second

असोज २१ गते राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदका पदाधिकारीहरुको बैठक बसी राष्ट्रिय महिला मोर्चाको महाधिवेशन महोत्तरीमा गर्ने निर्णय गरेको छ । महाधिवेशनका लागि संघीय परिषद सदस्य ललीमाया जर्घालाई पार्टीले महाधिवेशन तयारी समितिको संयोजक तोकी सकेको छ ।
यसै गरी तत्कालिन नेपाल स्वतन्त्र विद्यार्थी मोर्चा हाल नेपाल विद्यार्थी मोर्चाका महासचिव धनराज राईलाई पार्टीले खम्बुवान राज्य समितिको संगठन संयोजकको जिम्मेवारी दिएको छ । पार्टीले संयोजक राईलाई यही २०६९ चैत्र मसान्त भित्र खम्बुवान राज्य समितिको अधिवेशन वा भेला बोलाउनु पर्ने जिम्मेवारी समेत तोकेको पार्टी संगठन विभागले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %