स्वयम् सेवक दस्ता निर्माण गर्न माओवादीद्धारा राजधानीमा सम्मेलन

Read Time:1 Minute, 23 Second

माओवादीले निर्माण गर्ने भनिएको सैन्य संरचनामा आधारित स्वय्म सेवक दस्ता निर्माणको गर्न दस्ताको प्रथम सम्मेलन सुरु भएको छ । माओवादीले यसै हप्ता राष्ट्रिय स्वयम् सेवक दस्ता गठनका लागि सचिव नेत्र विक्रम चन्द्रलाई संयोजक तोकेको थियो । सम्मेलनको उद्घाटन गदै अध्यक्ष मोहन बैद्य किरनले एमाले र कांग्रेसको उक्साहटमा माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले जनमुक्ति सेना विघटन गरेर जनतालाई विश्वासघात गरेको बताए । राष्ट्रियता र क्रान्तिका लागि तयार रहन युवाहरुलाई निर्देशन समेत उनले दिएका थिए । नयाँ क्रान्तिको लागि सबै तयार रहन समेत उनले आग्रह गरे । प्रमुख दलहरु सत्ता लिप्सामा फसेकाले मुलुकमा राजनीतिक र संवैधानिक संकट उत्पन्न भएको उनले बताए । स्वयम सेवक दस्ता तत्कालको लागि निसशस्त्र रहने माओवादीले प्रस्ट्याएको छ ।

(राज्यसत्ता नेपाल व्युरो )

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %