निर्वाचन आयोगले भारतबाट विद्युतीय मतदान मेसिन ल्याउन सरकारलाई आग्रह गरेको छ । आगामी निर्वाचनमा विद्युतीय मतदान विषयमा राजनीतिक दलहरुको धारणा बुझन निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा कार्यवाहक निर्वाचन आयुक्त निलकण्ड उप्रेतीले भारतबाट विद्युतीय मेशिन खरिद गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए । भारतको निर्वाचन आयोगले उत्पादन गर्ने विद्युतीय मेशिन खरिद प्रकृया समेत सहज हुने आयोगले जनाएको छ । केही दलहरुले भने भारतबाट मतदान उपकरण ल्याउने विषय प्रति आपति जनाउँदै गोलोबल टेण्डर प्रकृयामा जानु पर्ने बताएका थिए । विद्युतीय मेशिनको प्रयोग प्रति सकारात्मक रहेक पनि त्यसको विश्वसनीयता प्रति आशंका रहेको दलहरुले बताएका थिए । छलफलमा आयोगमा दर्ता भएका ९३ दल मध्य अधिकांशको सहभागिता थियो । गएको संविधानसभाको निर्वाचनमा काठमाडौ लगायत ६ वटा निर्वाचन क्षेत्रमा विद्युतीय मेशिनको सफल परीक्षण गरिएको थियो ।
(राज्यसत्ता नेपाल व्युरो)
