लुम्बिनी राज्य परिषदको अन्तर सम्वाद कार्यक्रम शुरु

Read Time:4 Minute, 2 Second

राष्ट्रिय जनमुक्ति पार्टी, लुम्बिनी राज्य परिषदको अन्तरसंवाद कार्यक्रम नवलपरासीको परासी बजारबाट प्रारम्भ भएको छ । पार्टीद्वारा घोषणा गरिएको गत साउन २ देखि कात्तिक मसान्त सम्मको चार महिने राष्ट्रिय जनजागरण अभियान–२०६९ अन्तरगत सो अन्तर संवाद कार्यक्रम राखेको हो । लुम्बिनी राज्य परिषदले परिषद अन्तर्गतका जिल्लाहरु कपिलवस्तु, रुपन्देही र नवलपरासीमा सर्वपक्षीय अन्तरसम्वाद कार्यक्रम राखेको हो ।
मूलुकको वर्तमान राजनीतिक परिस्थिति र निकासको बाटो विषयमा राखिएको सो सर्वपक्षीय अन्तरसंवाद कार्यक्रमलाई पार्टी स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख साथै केन्द्रीय सम्पर्क कार्यालय, बुटवलका ईन्चार्ज टोप अस्लामीले उद्घाटन गर्नु भयो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि अस्लामीले मूलुकको वर्तमान राजनैतिक परिस्थितिबाट निकास पाउनका लागि नयाँ जनादेशमा जानु पर्ने बताउनु भयो । उहाँले मूलुकलाई लामो समय सम्म संवैधानिक शून्यतामा राख्न नहुने बताउंदै राष्ट्रिय निकासका लागि स्थानीय तहबाटै कडा दवाब दिनु पर्ने बताउनु भयो । कार्यक्रममा संघीय परिषद सदस्य अशोक पुनले विषय प्रवेश गराउनु भयो । त्यस्तै गरी पार्टीगत विषयलाई आधिकारिक रुपमा राख्दै संवादको थालनी गर्नु भएको थियो । कार्यक्रममा संघीय परिषद सदस्यहरु कर्ण बहादुर सुनारी, डब गर्बुजा पुन, रुद्र गुरुङ्ग, नेत्रकला गुरुङ्ग, संघीय सभा सदस्यहरु बल बहादुर तिलिजा र जय बहादुर थापा समेतको उपस्थिति थियो ।
परिषदका अध्यक्ष नगेन्द्र रौतार थारुको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई सचिव तिल बहादुर झेंडीले सन्चालन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित पाहुना तथा सहभागीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टी, नवलपरासीका जिल्ला अध्यक्ष नर बहादुर ठाडाले स्वागत गर्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ, नवलपरासीका अध्यक्ष वैजनाथ जैसवाल, नागरिक समाजका रामजी ज्ञवाली, एनेकपा माओवादीका पूर्व सभासद चिनक कुर्मी, नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु लामिछाने, तमलोपाका जिल्ला सचिव पुरन प्रसाद चौधरी, मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, राप्रपाका जिल्ला कोषाध्यक्ष नरेश चौधरी लगायतको सहभागिता रहेको थियो । सन्चारकर्मी लगायत विभिन्न दलका समर्थक र शुभचिन्तकहरु समेतको कार्यक्रममा व्यापक सहभागिता रहेको थियो । सहभागी सबैले अन्तरसंवादमा खुलेर भाग लिनु भएको थियो । कार्यक्रमको व्यवस्थापन राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासीले गरेको थियो । अन्तरसम्वाद कार्यक्रम २४ गते रुपन्देहीको बुटवलमा र २६ गते कपिलवस्तुको तौलीहवामा समेत चल्नेछ ।

तिल बहादुर झेंडी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %