गोविन्द घर्ति
रुपन्देही असोज २० । समाज रुपान्तर गर्न युवाहरुको अह्म भूमिका रहने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल मगर युवा संघ देवदह गाउँ समितिको बृहत भेला कार्यक्रममा बोल्दै उनीहरुले शिक्षा विना समाज सुधार गर्न नसकिने हुदा शैक्षिक क्षेत्रमा ध्यान दिनु पर्नेमा जोड बताए । नेपाल मगर संघ देवदह गाउँ कमिटिका अध्यक्ष लाल बहादुर दर्लामीको अध्यक्षता, मेख बहादुर गाहाको स्वागत र सहसचिव श्याम थापाको संचालनमा भएको कार्यक्रममा संघका सल्लाहकार दल बहादुर पाईजा, कोषाध्यक्ष खरसिं श्रीस, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष केशव पुन, राम बहादुर थापा, हिमाल थापा, दिलमाया घर्ति लगायतले बोल्दै मगर समाज भित्र रहेका कुसंस्कार र कुरीतिलाई हटाउदै जानु पर्नेमा जोड दिनु भएको थियो । सोही भेलाले राम बहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय नेपाल मगर युवा संघ देवदह गाउँ समिति गठन गरेको छ । जसको उपवाध्यक्षमा दिलमाया घर्ति, सचिवमा हिमाल थापा, सहसचिवमा रिम बहादुर थापा र कोषाध्यक्षमा शिव दर्लामी रहनु भएको छ । सदस्यहरुमा दल बहादुर थापा, जसु पुन, निशा काउछा, दिपक रोका, शान्ति बारघरे, कुम बहादुर आले, बोम बहादुर रेश्मी, निर्मला पल्ली चयन हुनु भएको छ ।
