अर्घाखाँचीका एमालेहरु राजामुपामा

Read Time:2 Minute, 15 Second

५ अक्टोबर, अर्घाखाँची जिल्लाको ठाडा गबिसका नेकपा एमालेका २१३ जना कार्यकर्ता आफ्नो माउ पार्टी छोडी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन । उनिहरुलाई ठाडा बजारमा हिँजो आयोजित एक भब्य आमसभामा पार्टी उपाध्यछ्य शिवलाल थापाले पार्टीको सदस्यता बितरण बताए ।

आमसभा अघी सम्पन्न एक भेलाले शिवबहादुर सारुको अध्याछ्यतामा पार्टीको ठाडा गाउँ समिती गठन गरेको थियो । समितिको उपाध्यक्षमा बिना सारु, सचिवमा अन्जु दर्लामी र सदस्यहरुमा गोबिन्द बहादुर घर्ती, पार्वती दर्लामी, पदम बहादुर बिके, शान्त बिके, सुनिता पुलामी, कमला सुनारी, गीरबहादुर सुनारी र बिनिता नेपाली रहेका छन ।

आमसभामा उपाध्यछ्य थापाले अब बन्ने चुनावी सरकार साना दलको नेत्रित्वमा हुनु पर्ने बताउँदै अन्यथा ठूला भनाउदा दलहरुको मनपरीतन्त्र नेपाली जनतालाई स्विकार्य नहुने बताए ।

स्थानीय नेत्री बिना सारुले सभापतित्व गर्नु भएको सो आमसभालाई संघिय परिषद सदस्यहरु भीमबहादुर राना र हस्त बहादुर थापा, मगरात राज्य परिषदका अध्यक्ष ईन्द्र बहादुर मास्की र गाबिस समतीका अध्यक्ष शिव बहादुर सारुले पनि सम्बोधन गरेका थिए ।

उपाध्यछ्य शिवलाल थापाको नेत्रित्वमा हाल मगरात छेत्रको भ्रमणमा रहेको संघिय परिषद सदस्य हस्त बहादुर थापा तथा मगरात राज्य परिषद अध्यक्ष ईन्द्र बहादुर मास्की सम्मिलित टोलिले यस अघी गुल्मी जिल्लाको तम्घासमा अगुवा कार्यकर्ता प्रशिक्षण संचालन गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %