नेपाली कांग्रेसका सभापति सुशील कोइराला माथि शनिवार विहान काठमाडौंको कपनमा हमला भएको छ । काठमाडौ क्षेत्र नं. ४ मा आयोजित कांग्रेसको क्षेत्रीय सभालाई सम्वोधन गर्न जाने क्रममा सभापति कोइराला माथि अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणबाट कोइराला सामान्य घाइते भएका छन् । आक्रमणबाट कांग्रेस कार्यकर्ता नमृर्दा पोखरेल गम्भीर घाइते भएकी छन् । नेपाली कांग्रेसले घटना प्रति आपति जनाउदै सुरक्षा निकायले सुरक्षा दिन नसकेकोमा सुरक्षा निकाय प्रति गम्भीर रोष प्रकट गरेको छ ।
(राज्यसत्ता नेपाल व्युरो )
