एमालेका असन्तुष्ट नेताहरु पार्टीको जम्मिवारी समाल्र्दै

Read Time:1 Minute, 40 Second

संघीयताका बिषयमा फरक मत राख्दै पार्टीको कामबाट निष्क्रिय रहेका नेकपा एमालेका असन्तुष्ट नेताहरुको एउटा समूह पार्टी जिम्मेवारीमा फर्केको छ ।
एमालेका असन्तुष्ट रहदै आएका पोलिटब्युरो सदस्य रामचन्द्र झा, पृथ्वी सुब्बा गुरुङ र केन्द्रीय सदस्यहरू दल बहादुर राना, किरण गुरुङ, र वीर बहादुर लामा ११ असोजमा पार्टीका शीर्ष नेताहरुसँगको वार्तापछि जिम्मेवारीमा फर्केका छन् ।
राज्य पुनःसंरचना सम्बन्धमा फरक मत राख्दै पार्टीबाट अलग हुने भन्दै आएका नेताहरु र पार्टी अध्यक्ष झलनाथ खनाल सहितका शिर्ष नेताहरुबीच भएको सहमतिमा फरक मत राखेको आधारमा कसैप्रति भेदभाव नगर्ने, पार्टीबाट संस्थागत रुपमा राज्य पुनःसंरचनाको विषयमा रहेको फरक मतका सम्बन्धमा अन्तरपार्टी छलफल गर्ने भनिएपछि उनीहरु जिम्मेवारीमा फर्केको एमालेका पृथवी सुबवा गुरुङगले बताए ।
उपाध्यक्ष राई लगायतका अन्य नेताहरूले पार्टीले एकल पहिचानका आधारमा सङ्घीयतामा जानुपर्ने भन्दै १८ असोजमा असन्तुष्टहरुको भेला डाकेका बेला असन्तुष्टहरुको यो समूह जिम्मेवारीमा फकेर्को छ l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %