वैद्य नेतृत्वको माओवादीद्धारा भारतीय गाडी र चलचित्र माथि निसाना

Read Time:1 Minute, 24 Second

वैद्य नेतृत्वको माओवादी पार्टीले नेपालमा प्रसारित भारतीय च्यानल र चलचित्र प्रर्दशनका साथै गाडीमा समेत रोक लगाएको छ ।

भारतीय नम्वर प्लेटका सबै गाडीका साथै चलचित्र र केवल च्यानल मार्फत् प्रसारित भारतीय च्यानल समेत बन्द गरिने माओवादीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । नेपालको राष्ट्रिय अस्मिता र आर्थिक पक्षलाई समेत ख्याल गदै भारतीय चलचित्र प्रर्दशन र गाडी सञ्चालनमा रोक लगाएको पार्टी प्रवक्ता पम्पा भुषालले बताइन् । तर भारतीय गाडी रोकिदा नेपालको व्यापार व्यवसाय समेत प्रभावित बन्ने भएको छ  । दशैको मुखैमा भारतीय सवारी साधनमा रोक लगाइदा व्यापार प्रभावित भइ चर्का मूल्य वृद्धिको मार आम उपभोक्ताले खेप्नु पर्ने निश्चित छ । यता माओवादीले एफएममा समेत हिन्दी गीत नबजाउन भने पछि उपत्यका र उपत्यका बाहिरका कतिपय एफएमले हिन्दी गीत बजाउन बन्द गरिसकेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %