प्रतिपक्ष दलहरु सरकार विरुद्ध आन्दोलनमा

Read Time:1 Minute, 3 Second

काम चलाउ सरकार सत्तामा लामो समय बसिरहेको र सत्ताबाट हट्ने संकेत नरहेको जनाउदै प्रतिपक्ष दलहरु सरकारलाई सत्ताबाट हटाउन शसक्क्त आन्दोलन सुरु गर्ने भएका छन् ।

कांग्रेस, एमाले र बैद्य नेतृत्वको माओवादी सरकार विरुद्ध आन्दोलनको रणनीति तय गर्न जुटेका छन् । बुधवार कांग्रेस एमाले र माओवादीको संयुक्त बैठक बसेर आन्दोलनको स्वरुप बारे छलफल भएको छ । दशैंसम्म सरकार विरुद्धको आन्दोलन चर्काउने त्यस पछि पनि सत्ता नछाडे कडा रुपले आन्दोलन अगाडि बढाउने तीन दलले निर्णय गरेका छन् । तीन पार्टीका साथै राप्रपा र मधेशवादी दलहरुले समेत सरकार विरुद्धको आन्दोलनमा साथ दिने भएका छन् ।

 

(राज्यसत्ता नेपाल व्युरो )

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %