रुपन्देहीमा जातिय छुवाछुत विरोधी अभियान

Read Time:2 Minute, 34 Second

गोविन्द घर्ति रुपन्देही

रुपन्देहीका राजनीतिक दल, प्रशासन एंव अधिकारकर्मीले जातिय छुवाछुत विरोधी अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जातको आधारमा एक मानवले अर्को मानवलाई गर्ने ब्यबहार मानवअधिकारको गम्भिर अपराध भएको भन्दै उनीहरुले रुपन्देहीमा छुवाछुत अन्त्यका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । जातिय छुवाछुत अन्त्यका लागि राष्ट्रब्यापी सामुहिक अभियान टोलीसंगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले छुवाछुतजन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउन सामुहिक पहल गर्ने वचन समेत दिएका छन् । छुवाछुत विरोधी मेची महाकाली यात्रामा निस्केको गैरदलित युवाहरुलाई रुपन्देहीका विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा बुटवलमा स्वागत गरिएको थियो । स्वागत पश्चात आयोजित कार्यक्रममा बोल्दै नेपाली काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेकपा एमालेका अध्यक्ष लिला गिरी, एकिकृत नेकपा माओबादीका कृष्ण पोखरेल, नेकपा एकिकृतका सन्दिप सापकोटाले दलको तर्फबाट छुवाछुत अन्त्यका लागि कार्यकर्तालाई प्रशिक्षित गर्ने र जातिय विभेदका घटना भए कार्वाहीका लागि सहयोग गर्ने वचनबद्धता गर्नुभएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दीपक थापा, बुटवल नगरपालिकाका पूर्व मेयर भोज प्रसाद श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव उत्तरकुमार पराजुली, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलका प्रमुख दीपकजंगध्वज कार्की, अधिवक्ता महेन्द्र पाण्डे, लगायतले सभ्य समाजका लागि जातिय विभेद कंलक भएको भन्दै यसको अन्त्यका लागि सबै एकमत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %