गेबिन्द घर्ति देबदह ६ असोज । राज्यले ध्यान दिएमा सुकुम्बासी समस्या समाधान हुने रुपन्देहीको देबदहमा आयोजीत एक कार्यक्रमका बत्ताहरुले बताएका छन् । राज्यले ईमान्दारीताका साथ अब्यवस्थित बसोबास गर्नेहरुलाई जोतभोगको आधारमा लाल पूर्जा बितरण गर्ने हो भने नेपालको भुमिहीन समस्या धेरै हदसम्म समस्या समाधान हुने उनिहरुको भनाई रहेको छ । नेपाल भुमिहिन तथा सुकुम्बासी संगठन देबदहको प्रथम अधिवेशनको उद्घाटन शत्रमा बोल्ने बत्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्ब अध्यक्ष भोज प्रसाद श्रेष्ठ, नेपाल भुमिहीन तथा सुकुम्बासी संगठन रुपन्देहीका अध्यक्ष सिद्धिचरण भट्टराई, क्षेत्रीय अध्यक्ष तोल राज बि क, नेकपा एमालेका राष्ट्रिय परीषद सदस्य डा. कृष्ण न्यौपाने,एमालेका जिल्ला सदस्य धु्रव खरेल,प्रकाश अर्याल, ऋषिराम सापकोटा, डण्डपाणि भट्टराई, कृष्ण राज पौडेल, पदम थापा बिद्या लक्ष्मि गुरुङ्ग लगाएतले बोल्दै राज्यले सुकुम्बसी समस्या समाधान गर्न चासो नदेखाएको बताउनु भयो । नेपाल भुमिहिन तथा सुकुम्बासी संगठन देबदहका अध्यक्ष दुर्गा राज अधिकारीको अध्यक्ष, यादब प्रसाद भुषालको स्वागत र हिमलाल पाण्डेको सञ्चालनमा उद्घाटन शत्र सम्पन्न भएको थियो । अधिबेशनले हिमलाल पाण्डेको अध्यक्षतामा १९ सदस्यिय नया कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा हेम बहादुर जि आर, सचिवमा ईश्वरी पराजुली, सहसचिवमा शाबित्री गौडेल, कोषाध्यक्षमा कुल बहादुर थापा रहनु भएको छ । त्यस्तै सदस्यहरुमा हेम प्रसाद खनाल,भगवती शर्मा, तुफान कुमार बमजन, कुमारी जर्गा मगर, मित्रलाल सापकोटा, टेक बहादुर जि सी, अन बहादुर बि क, दमन्ती पाण्डे, यमुना पौडेल, मालिका थापा, चन्द्र प्रसाद भण्डारी, अमर बहादुर थापा, तुलाराम पाण्डे, रेशमलाल बस्याल लगाएत रहनु भएको छ । नवनिर्वाचित अध्यक्ष हिमलाल पाण्डेले आफ्नो कार्यकालमा सुकुम्बासी समस्या समाधानका लागी सम्बन्धित निकाय संग सहकार्य गरेर अगाडि बढने बताउनु भयो ।
सुकुम्बासी समस्या समाधान गर्न राज्यले ध्यान दिएन
Read Time:3 Minute, 8 Second
