माओवादी नेतृत्वमा गठन भएको संघीयतावादी मोर्चाले संघीयताको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न देशव्यापी जनप्रर्दशन गर्ने भएको छ । शनिबार बसेको मोर्चाको वैठकले देशका प्रमुख शहरमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । असोज १७ मा विराटनगर, १९ असोजमा जनकपुर, २१ असोजमा नेपालगञ्ज, २३ असोजमा पोखरा र २६ असोजमा काठमाडौंमा विशाल जनप्रर्दशन गर्ने निर्णय मोर्चाले गरेको छ । संघीयतावादी गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार जनप्रर्दशन सम्पन्न गर्न छुट्टै समिति समेत गठन गरिने छ । संघीयताको बारेमा मोर्चाको आधिकारीक धारणा सार्वजनिक गर्नु जनप्रर्दशनको मुख्य उदेश्य रहेको सिंहले बताए । सरकारको नेतृत्वमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसकिरहेको बेला अगामी निर्वाचनको सरकार समेत यही सरकारले नेतृत्व गर्नु पर्ने मोर्चाले निर्णय गरेको छ ।
(राज्यसत्ता नेपाल व्युरो )
