तीन दलको सहमतीमा हुने कुनै पनि निर्णय मान्य नहुने

Read Time:1 Minute, 49 Second

१९ सेप्तेम्बेर, राष्ट्रिय सहमतिको नाममा एउटै जाती बिशेषको बाहुल्य भएका तीन दलको सहमतीमा हुने कुनै पनि निर्णय अन्य कुनै पनि दललाई मान्य नहुने राष्ट्रिय जनमुक्ती पार्टीलगायत सात दलद्वारा आज काठमाडौंमा जारी एक संयुक्त बक्तब्यमा जनाइको छ ।

बक्तब्यमा आदिवासी जनजाती, मधेसी, मुसल्मान, दलित, अल्पसंख्यक र सीमान्तक्रित समुदायलाई पंछाएर एकै जातिका तीनजनाले समग्र मुलुक र मुलुकवासिको भाग्यको निर्णय गर्ने दुस्साहस नहोस भनी चेतावनी दिएको पनि उल्लेख छ ।

बक्तब्यमा भनिएको छ, वर्तमान अवस्थामा मुलुकलाई निकास दिन आदिवासी जनजाती, मधेसी,दलित, मुस्लिमका साथै बहिस्करणमा पारिएका सीमान्तक्रित सामूदायलागायत अन्य सबै राजनैतीक शक्ती, दलहरुको ठोस र सार्थक सहमती गरिनु पर्छ ।

राष्ट्रिय जनमुक्ती पार्टीका नेता एम एस थापा, मधेसी जनाधिकार फोरमका नेता उपेन्द्र यादव, राष्ट्रिय मधेसी समाजबादी दलका नेता शरत सिंह भण्डारी र ताम्सालिङ राष्ट्रिय दलका नेता परशुराम तमाङलगायतले बक्तब्यमा दस्तखत गर्नु भएको छ । खम्बुवान स्वायत्त राज्य परिषद, नेपाल शान्ती समाज पार्टी, जनमुक्ती पार्टी नेपालका नेताहरुको पनि दस्तखत छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %