सञ्चार क्षेत्रमा पत्रकार महिलालाई अवसर दिन बांकेमा ५ बुंझे घोषणा पत्र जारी

Read Time:5 Minute, 4 Second

दीपा आले, नेपालगन्ज भाद्र ३१ गते
नेपाल पत्रकार महासंघ बाँके शाखाले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा  आईतवार सञ्चारकर्मी महिलाको जिल्ला भेला तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
भेलाले पत्रकार महिलालाई सञ्चार क्षेत्रमा टिकाई राख्नकोलागि ५ बुंदे नेपालगन्ज घोषणा पत्र जारी गरेको हो । व्यवसायीक क्षमता वृद्धि गर्ने, लक्ष्य निर्धारित पत्रकारिता गर्ने लगायतको घोषणा पत्र भेलाले पारित गरेको छ ।
सञ्चारिका समुह र क्रियाशील पत्रकार महिला बाँकेको सहकार्यमा पत्रकार महासँघ बाँके शाखा महिला विभागले पहिलो पटक सञ्चारकर्मी महिलालाई सञ्चारमाध्यममा अवसर विषयक अन्तरकृयात्मक जिल्ला भेला गरेको हो ।
 कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बांकेका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकार महिलालाई सञ्चार क्षेत्रमा क्रियाशील बनाउन संख्यात्मक तथा गुणस्तरीय रुपमै सक्रिय भूमिका खेल्नु पर्ने धारणा राख्नु भयो ।
नेपाल पत्रकार महासंघ बांकेका पूर्व अध्यक्ष निरज गौतमले पत्रकार महिलाहरुलाई सञ्चार क्षेत्रमा आबद्ध गर्न सबैको साझा मुद्धा हुनुपर्ने बताउंदै पहिलो पटक पत्रकार महिलाहरुको हकहितकोलागि घोषणा पत्र जारी भएको हुंदा त्यसलाई कागजी रुपमा मात्र लागु नगरी व्यवहारीक रुपमा कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।
सञ्चारकर्मी महिलाका समग्र हक अधिकार र अवसर रक्षाको पक्षमा पछिल्लो सयम यता सकरात्मक भएको बताउंदै पत्रकार महिलाहरुलाई  आर्थिक रुपमै टिकाई राख्न सञ्चारमाध्यमको उल्लेखनीय भूमिका हुने पर्ने पत्रकार महासँघ बाँके महिला विभाग प्रमुख तथा कार्यक्रम संयोजक दिपा आलेले बताउनु  भयो ।
नेपाल पत्रकार महासंघ बांके शाखाका सल्लाहकार एवं निःवर्तमान अध्यक्ष झलक गैरेका अनुसार सञ्चार क्षेत्रमा पत्रकार महिलाको सहभागिता सकारात्मक भएको हुंदा सञ्चार क्षेत्रमा पत्रकार महिलालाई वृद्धि गर्न कुनै अफ्ठयारो नहुने उल्लेख गर्नु भयो ।
 कार्यक्रममा सञ्चरकर्मी महिलालाई सञ्चारमाध्यममा अवसर विषयमा पत्रकार सृजना आचार्य र उमा थापा मगरले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने अछरी पोख्रेल र सुरेन्द्र काफ्लेले कार्यपत्रमाथि टिप्पणी गर्नु भएको थियो ।
 पत्रकारद्वय आचार्य र थापामगरले प्रस्तुत गर्नु भएको कार्यपत्रमा पछिल्लो समय यता पत्रकार महिलाहरुको उपस्थिति सञ्चार माध्यममा उत्साजनक नभएको तथा आर्थिक पक्ष न्यून रहेको उल्लेख गरिएको थियो ।
नेपाल पत्रकार महासंघ बांके शाखाले पत्रकार महिलाहरुकोलागि सञ्चारमाध्यममा अवसर विषयक गरिएको जिल्ला भेला पत्रकार महिलाकोलागि पहिलो हो । भेलामा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, महिला तथा बालिबालिका कार्यालयका प्रमुख शोभा शाह, पे्रस चौतारी केन्द्रिय महासचिव विष्णु रिजाल, सञ्चारिका समूह बांकेका निःबर्तमान अध्यक्ष मुना श्रेष्ठ, प्रेस युनियन अध्यक्ष नरेन्द्र थापा, प्रेस चौतारीका अध्यक्ष भेषराज बस्नेत लगायतले पत्रकार महिलाको समस्या, अवसरका बारेमा बोलेका थिए । 
 बांकेका पत्रकारहरुले भेला लगत्तै हुने तिज विशेष कार्यक्रम अन्तर्गत एक आपसमा शुभ कामना साटासाट, नाचगान तथा दर खाएर तिज कार्यक्रम मनाएका थिए । भेला तथा तिज विशेष कार्यक्रममा सञ्चारकर्मी महिला, सञ्चार माध्यमका सम्पादक तथा प्रमुख एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %