गोविन्द घर्ति रुपन्देही,
राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषद अर्न्तगतका अगुवा कार्यकर्ता भेला रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै पार्टीका महासचिव केशव सूर्यवंशीले संविधान सभाले १४ प्रदेश सहितको संघीय अवधारणालाई स्वीकार गरेर नयाँ संविधान जारी गर्ने सुनिश्चित भए छोटो समयको लागि संविधान सभा पुनःस्थापना गर्न सकिने बताउनु भयो । नेता सूर्यवंशीले यदि संविधान पनि नआउने, निर्वाचन पनि सुनिश्चित नहुने हो भने पार्टी आन्दोलनमा जाने तयारीमा रहेको हुदाँ त्यसै अनुसार तयारी गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो । सोही अवसरमा बोल्दै स्थायी समिति सदस्य रामु परियारले लुम्विनी प्रदेशको अवधारणा बैज्ञानिक भएकाले यसवारे जनस्तरमा व्यापक प्रचार प्रसार गर्न राज्य परिषदका कार्यकर्ताहरुले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्र प्रसाद चौधरीको अध्यक्षता र सविच तिल बहादुर झेडीको संचालनमा भएको भेलाले आगामी चैत्र मसान्त सम्म लुम्विनी राज्य परिषद अन्र्तगत ३ जिल्लामा १० हजार क्रियाशिल सदस्य र १ लाख साधारण सदस्य तयार गर्ने निर्णय गरेको छ । त्यसैगरी युवा, महिला, भूपु सैनिक, दलित, जनजाति, मजदुर, किसान संगठनलाई जिल्ला देखि गाउँ गाउा सम्म विस्तार गर्ने भेलाले निर्णय गरेको सचिव तिल बहादुर झेडीले बताउनु भयो । भेलामा संघीय परिषद सदस्य दल बहादुर विरकट्टा, भिम बहादुर राना, बैकल्पिक संघीय परिषद सदस्य कृष्ण नेपाली, लुम बहादुर खाम्चा, संघीय सभा अध्यक्ष मण्डल सदस्य डिवी गुरुङ्ग, संघीय सभा सदस्य हविर पुन लगायतले आ–आफना भनाई राख्नु भएको थियो । भेलामा पार्टीका संघीय परिषद सदस्य, जिल्ला अध्यक्ष, सचिव, क्षेत्रीय अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुको सहभागि रहेको थियो ।
