दीपा आले
नेपालगन्ज भाद्र ३० गते
पछिल्लो समय यता नेपालगन्जमा धमाधम सुविधायुक्त होटलहरु निर्माण भईरहेका छन् ।
केही वर्ष यता नेपालगन्जमा धमाधाम सुविधायुक्त तारे होटेल बन्न थालेपछि यहांका प्रायः होटेलहरुमा स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षण बढेको हो ।
मध्यपश्चिमाञ्चल क्षेत्रको सदुरमुकाम मानिने नेपालगन्ज दिनप्रति दिन आर्थिक रुपमै विकास हुंदै गईरहेको छ । यस नगरीमा होटल व्यवसायीका साथ साथै व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । खुला सिमाना भएको कारणले पनि यस क्षेत्रलाई व्यापारीक क्षेत्रको रुपमा लिन सकिन्छ ।
विगतका दिनमा नेपालगन्ज नगरीमा छिटपुट होटल भएपनि हाल होटल अर्गनाइजेशन नेपाल बांकेको तथ्यांक अनुसार दर्ता भई व्यवसँयीक ढंगमा परिचालन भएका होटलहरु १ हजारको हाराहारीमा पुगेका छन् । न्यूरोड अहिले होटल रोडजस्तै भइसकेको छ भने नेपालगन्जदेखि राझा विमानस्थलतिर होटलहरु थपिने क्रम तीब्र छ ।
होटल अर्गनाईजेसन बांकेका अनुसार दैनिक करिव रु. ५० लाख भन्दा बढीको कारोबार हुने नेपालगन्जको होटल व्यवसाय ती क्षेत्रको व्यवसायको आधारस्तम्भका रुपमा समेत विकसित हुंदै गएको छ । मध्य तथा सुदुरपश्चिमाञ्चलमा सञ्चालित एक हजार २ सय होटलमध्ये बांकेमा मात्र साना ठूला गरी १ हजार भन्दा बढी होटल सञ्चालनमा छन् । ५ हजार देखि ६ हजार युवायुवतीले रोजगार पाएको छ । रोजगारका नाममा विदेश गई दुःख पाएका युवाहरुलाई रोजगार दिन समेत सफल भएको छ । दैनिक ७० देखि १ करोड सम्म कारोबार गर्ने एक हजार व्यवसायीक छ । राज्यलाई आय स्रोतको रुपमा बार्षिक रुपमा होटेल व्यवसायीले १ करोड भन्दा बढी राजस्व तिर्ने गरेका छन् । अगंनाईजेसन जिल्ला अध्यक्ष भाष्कर काफ्लेका अनुसार पछिल्लो समय यता होटल व्यवसायीले राम्रै कारोबार गरेको यसरी बताउनु हुन्छ ।
त्यसै यता लामो समय देखि आर्थिक रुपमै अगाढि बढ्न सफल बाटिका होटल पनि पर्ययटकलाई लोभ्याउन सफल भएका छन् । होटलले मात्र सुविधा दिएर मात्र नहुने पर्यटकहरुलाई नेपालगन्ज सम्म पुराउंदा सजिलो र सुलभ तरिकाले ल्याउन एयरल्यान्स र उद्योग बाणिज्य सघले राम्रो भुमिका खेल्नुपर्ने भनाई राख्नु हुन्छ बाटिका होटलका प्रबन्धक पुनित श्रेष्ठ छोटो समयमै व्यवसायीक रुपमा ख्याती कमाएका तारे होटल सिद्धार्थ भ्यूले यहां आउने नेपाली र विदेशी ग्राहक, व्यवसायी र पर्यटकहरुलाई विभिन्न सुविधा दिन सफल भएका छन् । जसले गर्दा नेपालगन्जमा सबै भन्दा लोकप्रिय र सबैको मुखमा अहिले होटल सिद्धार्थ भ्यूको नाम आउने गर्दछ । त्यति मात्र नभई विभिन्न सरकारी गैरसकारी संघसंस्थाहरुले यो होटलमा कार्यक्रम गर्न लोभिएका छन् । यति मात्र होइन बैदेशिक रोजगारका नाममा विदेश जाने युवाहरुलाई पनि आफ्नै स्वदेशमा बसेर पैसा कमाउन सकिन्छ भन्ने उदाहरण पनि बन्न सफल भएको छ ।
हुन त नेपालगन्जमा होटल सिद्धार्थमात्र नभई, पछिल्लो समय यता किचन हटले पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । नेपालगन्जमा विगतका दिनमा बढी फस्टाउन सफल स्नेह होटल, होटल बाटिका, ताज होटल, हंगरी होटल, अप्सरा होटल, पञ्जावी होटलले विदेशी र स्वदेशी पर्यटकहरुलाई आर्कषित गरेको पाईन्छ । तर विस्तारै नेपालगन्जको न्यूरोडभरि नै धमाधाम नयां नयां होटलहरु खुल्ने क्रम जारी छ । कतिले होटल व्यवसायबाट नै मनग्य आर्थिक कमाउन सफल भएका छन् ।
देशका विभिन्न शहरमा राम्रो होटल व्यवसायी भएर नाम कमाउन सफल भएका होटल सिद्धार्थ भ्यूका सञ्चालक कृष्णप्रसाद भण्डारीको भनाई यस्तो रहेको छ नेपालगन्जका धेरै सुविधायुक्त होटल मध्ये होटल सिद्धार्थ भ्यूले सबै भन्दा बढी सुविधा दिन सफल भएको हुंदा अहिले यो होटलतिर सबैको आकर्षण बढेको छ । स्वदेशी र विदेशी पर्यटक, ग्राहकलाई आर्कर्षित बनाउन होटलमा, स्वमीङपुल, ब्यामम हल, कार्यक्रम हल, सुन्दर गार्डन, गाडी पार्क गर्ने पार्किङ स्थान, लिम्टको व्यवस्था त्यसैगरी कोठामा समेत विभिन्न हेर्न लायकका कारपेट, टिभी, एसी, ऐना, तन्ना, पर्दा, आक्रर्षण कुर्चि टेबल,विभिन्न थरीका खानाका परिकार लगायतका सामाग्रीहरु राखेका छन् जसलाई ग्राहकले मन पराएका छन् । यस्ता सुविधायुक्त कोठाको भाडा ५ हजार सम्म रहेको छ ।
सिद्धार्थ समूहले झन्डै चार करोडको लगानीमा सात तले होटल सिद्धार्थ भ्यू निर्माण गरेपछि यसको महत्व बढेको छ । नगरको सबैभन्दा ठूलो उक्त होटलमा ५१ वटा कोठा छन् । सबै खाले होटलका आआफ्नै स्तरका ग्राहकहरु रहेकाले व्यावसायीक हानि नभएको होटल व्यवसायी संघका अध्यक्ष आफ्लेको भनाई यस्तो छ ।
एकातिर होटल व्यवसायी आर्थिक रुपमा फस्टाउंदै गर्दा यहांका होटलव्यवसायलाई मर्यादित र सुरक्षित गर्नकालागि प्रहरी प्रशासनले नेपालगन्जमा सञ्चालन भएको होटललाई व्यवस्थीत बनाउन रातीको १० बजे भित्र बन्द गर्ने नीति पनि ल्याएको छ । खुला सिमानाका कारण पनि विगतका दिनमा रातभरि होटल खुला हुंदा विभिन्न खाले हिंसात्मक घटना समेत घटेको हुंदा प्रहरीले यस्तो नीति ल्याएको हो ।
प्रहरी प्रशासनले होटलको सुरक्षाकोलागि गरिएको यस्तो नीति ल्याएकोमा आफूहरुले यो नीतिलाई सहमत गर्दै प्रहरीलाई साथ दिनु पर्ने बताउनु हुन्छ अध्यक्ष काफ्ले ।
पश्चिमको ठूलो व्यापारिक केन्द्र भएकाले पनि व्यवसाय फस्टाएको अध्यक्ष काफ्लेले बताउदै पहाडी तथा हिमाली जिल्ला जाने ट्रान्जिट शहर भएकाले पनि स्तरीय होटलको माग बढेको छ । सशस्त्र द्वन्द्व अन्त्यपछि नेपालगन्ज हुंदै कर्णाली अञ्चलका पर्यटकीयस्थल जाने पर्यटकहरु बढेका छन् । रारा, उपल्लो डोल्पा, सेफोक्सुन्डो, मानसरोवर र सिंजा उपत्यका जाने पर्यटकहरुले पनि नेपालगन्जको होटल व्यवसाय फस्टाउन सघाएका छन् । नेपालगन्ज क्षेत्र एउटा पर्यटकीय नाका भएको हुंदा यसतर्फ राज्यले हेर्नु पर्ने धारणा राख्नु हुन्छ होटल व्यवसायी संघका अध्यक्ष भाष्कर काफ्ले ।
