सेप्टेम्बर १४, बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपालको अध्यक्षमा समाजसेवी लाक्पा ठिन्ले शेर्पा चयन हुनु भएको छ। साँस्थाको प्रथम बार्षिक साधारण सभा संगै भएको सभाको निर्णयबाट सर्व सहमतीबाट शेर्पालाई अध्यक्ष पदमा चयन गरेको हो । साँस्थाको उपाध्यक्ष समाजसेवी चित्र बहादुर् घर्ती मगरको सभापतित्वमा सभा सम्पन्न आजको कार्यक्रमको प्रमुख अतिथीमा डा. टासी लामा टाक्तोक शेर्पा र बिषेस अतिथीमा शान्ती बिधालय बौद्ध फुलबारीको प्रधानाध्यापक पासाङ तेम्बा गेला योल्मोपा हुनुहुन्थ्यो। निवर्तमान अध्यक्ष श्रीमती सकुन शेरचन आजको उपात्यका बन्द र कार्य ब्यस्तताको बाब्जुत अनुपस्थिती हुनुहुन्थ्यो। साधारण सभा लगातै बन्द सत्र पछिको घोषणा सभामा बिभिन्न जात जातीका सात जना उपाध्यक्षहरु सहित केही सद्स्यहरु पछिको बैठकको निर्णयले थप् घट गर्ने सहमती सहित हाललाई श्री लाक्पा ठिन्ले शेर्पा(युल्कोङमा)को अध्यक्षतामा सत्र सद्स्यिय कार्य समितीको चयन भएको हो। बौद्ध स्थित योल्मो किचन रेष्टुरेण्टमा यो कार्यक्रम सम्पन्न भएको हो। बौद्ध धर्मको संरक्षण सम्बर्धन र जगेर्नको लागी स्थापना भएको यो साँस्था बिशुद्ध गैर रजनैतिक हुने र हिमाल पहाड र तराईको सम्पुर्ण बौद्धमार्गीहरु एक भएर अघि बढ्ने कुरा हालै चयन हुनु भएको अध्यक्ष शेर्पाले बताउनु भयो।
तस्बिर: छिरिङ तेन्जिङ शेर्पा गोपरमा
बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपालको अध्यक्षमा शेर्पा
Read Time:2 Minute, 9 Second
