प्रधानमन्त्री भट्टरार्इले राजिनामा दिएपछि मात्र मुलुक राष्ट्रिय सहमतिको दिशामा अघि बढ्ने —उपाध्यक्ष गौतम

Read Time:1 Minute, 38 Second

नेपालगन्ज भाद्र २८ गते
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले राजिनामा दिएपछि मात्र मुलुक राष्ट्रिय सहमतिको दिशामा अघि बढ्ने बताउनु भएको छ ।
 आज नेपालगन्जमा प्रेस चौतारी बांकेले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गौतमले यस्तो धारणा राख्नु भएको हो ।
उहांले वर्तमान सरकारलाई नहटाएसम्म मुलुकमा कुनै पनि सहमति नहुने बताउनु भयो  ।
उपाध्यक्ष गौतमले एकिकृत नेकपा माओवादीले भदौभित्र सहमति हुने बताएपनि सहमतिको सम्भावना नरहेको बताउंदै माओवादीकै कारण मुलुक दुर्गतीतर्फ बढिरहेको बताउदै उहाले मुलुकलाई बर्वाद हुनबाट जोगाउनुपर्नेमा बताउनु भयो ।
 सहमतिका लागि वर्तमान सरकारले मार्ग प्रशस्त गरे नेपाली कांग्रेसको नेतृत्वमा नयां राष्टिय सहमतिको सरकार बनाउनु पर्ने गौतमले बताउनु भयो ।
 उपाध्यक्ष गौतमले सहमतिका आधारमा संविधानसभाको पुनःस्थार्पना गर्दै पहिले विवादित विषयमा सहमति गरेर संविधान सभा पुनःस्र्थापना गर्नु पर्ने त्यसको लगत्तै संविधान घोषणा गरेर मात्र संसदको निर्वाचनमा जान सकिने धारणा राख्नु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %