नेपालका गणतन्त्रवादी अगुवा सिंहको अवसान

Read Time:2 Minute, 40 Second

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको  निधन भएको छ । विगत दश दिन देखि महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका सिंहको उपचारका क्रममा निधन भएको हो । ७७ बर्षका सिंहलाई सरकारले आज नै राष्ट्र गौरबको उपाधिबाट सम्मान गरेको छ । यस अगाडि त्यस्तो उपाधिबाट कांग्रेस नेता गणेशमान सिंहलाई सम्मान गरिएको थियो । गणतन्त्र प्राप्तिको लागि सिंहले खेलेको भूमिका प्ररेणादायी रहेको श्रद्धाञ्जली दिने क्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताए ।  सिंहको शबलाई आज दिउँसो तीन घण्टासम्म श्रद्धाञ्जलीका लागि खुल्ला मञ्चमा राखिएको थियो । सिंहलाई शीर्ष नेताहरु तथा सर्वसाधारणले समेत श्रद्धाञ्जली अर्पण गरेका थिए । सिंहको निधनमा भोली स्वदेश तथा विदेशमा आधा झण्डा झुकाएर सम्मान प्रकट गर्ने सरकारले जनाएको छ । उनको शब माथि उनकै छोरा मनोज सिंहले दागबत्ती दिएका थिए । विं सं. २०४२ सालमा नारायणहिटी दरवार र सिंहदरवारमा गणतन्त्रको नारा लगाउँदै बम प्रहार गरेका सिंह त्यस पछि चर्चामा आएका थिए । जीवन भरि गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका सिंह त्यस समयमा बम विस्फोटको घटनामा पञ्चायती व्यवस्थाले सर्वश्व हरण सहित मृत्युदण्डको घोषणा गरेको थियो । त्यस पछि भारतमा बस्दै आएका सिंह २०५१ सालमा नेपाल फिर्ता भएका थिए । उनी संविधान सभाको निर्वाचन पछि नेपालमा  पहिलो पटक भएको राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बनेका थिए । माओवादी र केही मधेशी दलले उनलाई समर्थन गरेको थियो । गणतन्त्रवादी नेता नेपालमा गणतन्त्र संस्थागत नहुदै अवसान हुनु निकै दुर्भाग्य भएको नेताहरुले टिप्पणी गरेका छन् । सिद्धान्तवादी नेताको खडरी परेका बेला सिद्धान्तमा अडिक नेताको रुपमा पहिचान बनाएका सिंहको अवसानले राजनीतिमा ठूलै क्षति पुगेको छ ।

–राज्यसत्ता नेपाल व्युरो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %