सबै केन्द्रीय नेताहरु राजधानी बाहिर कृयाशिल

Read Time:3 Minute, 3 Second

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषदका अध्यक्ष एवं पूर्व मन्त्री एम.एस. थापा मगर सहित पदाधिकारीहरु र सदस्यहरु राष्ट्रिय जनजागरण अभियान-२०६९ लाई सफल बनाउनका लागि जिल्ला जिल्लामा खटीनु भएको छ । मूलुकको अन्योल राजनीतिले समयमै निकास पाउन पार्टीको नारायणगढ बैठकले गरेका निर्णयहरु र त्यसका मर्म जनतामाझ व्यापक गर्न आवश्यक ठानिएकोले पनि पार्टी नेताहरु यतिबेला तीव्र रुपमा कृयाशिल हुनु भएको हो । यस अघि पनि पार्टीका नेताहरु राजधानीमा विभिन्न राजनीतिक शक्तिहरुसंग छलफलमा जुटीरहनु भएको थियो भने पार्टीका केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा कृयाशिल रहदै आउनु भएको थियो । पार्टीका उपाध्यक्ष के.पी. पालुङ्वा र संगठन सचिव सिद्धि तुम्बाहाम्फे लगायतका पदाधिकारी र सदस्यहरु पूर्वाञ्चलमा खटीनु भएको छ भने पार्टी अध्यक्ष एम।एस।थापा भदौ २३ गते नै सुदूरपश्चिमको धनगढी पुगी सक्नु भएको छ । महासचिव केशव सूर्यवंशी, स्थायी समिति सदस्य एवं दलित जनसंघका संयोजक रामु परियार पनि केही हप्ता देखि राजधानी बाहिर नै पार्टी काममा खटीनु भएको छ । उपाध्यक्ष रविन्द्र सुनार र स्थायी समिति सदस्य एवं प्रशिक्षण विभाग प्रमुख रत्न राना पनि भदौ २४ गते सुदूरपश्चिम लाग्नु भएको छ ।

२७६ जना कार्यकर्ताहरु राष्ट्रिय जनमुक्ती पार्टीमा

नवलपराशी जिल्लाको राजहर गबिस वडा नम्बर ९ बारकोलका २७६ जना कार्यकर्ताहरु बिभिन्न राजनैतीक दल त्यागी राष्ट्रिय जनमुक्ती पार्टीमा समाहीत भएका छन । नेपाली कांग्रेसका स्थानिय नेता प्रेम बहादुर सोमै र नेकपा एमालेका स्थानिय नेता हेमलाल सोमैको नेत्रित्वमा आएका ती कार्यकर्ताहरुलाई पार्टी सँघिय परिषदका सदस्य कर्ण बहादुर सुनारीले हिंजो बाराकोलमा आयोजित एक समारोहमा पार्टीको साधारण सदस्यता बितरण गर्नु भयो ।

जनजागरण अभियान बारेमा रहेका कमीकमजोरी लगायतका समसामयिक विषयहरुमा छलफल गरी निष्कर्षमा पुग्नका लागि आगामी असोज ६ गते स्थायी समितिको बैठक र ७ र ८ गते संघीय परिषदको बैठक बस्ने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %