मगर संघ युएईले लोक गायिका सम्झना लामिछाने मगरलाई सम्मान गर्यो

युएई, भरत राना, युएई आउनु भएका सम्झना लामिछाने मगरलाई एउटा अवसर पारी मगर संघ युएईले केरेला सोसीयल सेन्टर आबुधावी हलमा भेटघाट सम्मान कार्यत्रम गरेको छ । सो सम्मान कार्यक्रम अध्यक्ष नुनप्रसाद सोमै मगरको अध्यक्षतामा प्रमुख अतिथि सम्झना लामिछाने मगर  र सचिब ललित राना मगरले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बबिता राजकोटी मगर  उपाध्यक्ष जे बी राना मगर  संगठन बिभाग प्रमुख चन्द्र सारु मगर सह कोषाध्यक्ष टंक थापा मगर प्रसिक्षण बिभाग प्रमुख राजु सिजाली मगर खेल कुद बिभाग प्रमुख मुक्त थापा मगर सदस्य एच बि थापा मगर साथै आबुधाबी क्षेत्र बाट सुरेन्द्र रोका मगर  प्रेम थापा मगर साथै अन्य साथिहरुको पनि जोडदार उपस्थिति भएको थियो ।  सम्झना लामिछाने मगर हिन्दु नारीहरुको पर्व तीज कार्यक्रममा सहभागी हुन युएई आउनु भएको हो ।  
कार्यक्रममा स्वागत मन्त्वय संगठन बिभाग प्रमुख चन्द्र सारु मगरले गर्नु भएको थियो  अन्य मन्तब्यहरुमा बरिष्ठ उपाध्यक्ष बबिता राज कोटी मगर उपाध्यक्ष जे बी राना  राजु सिंजाली मगर सुरेन्द्र रोका मगर सबैले शुभकामना सहित मन्तब्य राख्नु भएको थियो l 
लोक गायिका सम्झना लामिछाने मगरले लेपालमा लोक गायनको आँचमा थप उर्जा दिलाएको र साथै भोलीका दिनहरुमा अझ सफल्ताको पाईलाहरु चुम्दै अगाडी बढ्नको शुभ कामना दिदै  गायन क्षेत्र र कलाको कदर गर्दै अध्यक्ष नुन प्रसाद सोमै मगर द्धारा सम्मान पत्र र फुल का गुच्छा सम्मान गर्नु भएको थियो ।
चर्चित लोक गायिका सम्झना लामिछाने मगरले आफुलाई मगर संघ युएईले गरेको सम्मान र ईज्जतले अत्यन्त हर्षित तुल्लयाएको जसलाई शब्दमा ब्याख्या गर्न नसकिने बताउदै  आप्नो कला क्षेत्रको अनुभबहरुसंग भलाकुसारी गर्दै गीत सङ्गीत मार्फत नेपाली कला सस्कृतीको जर्गेना गर्दै सारा नेपालीहरुको माँयाको साथमा अगाडी बढ्ने बिचार राख्नु भएको थियो । अन्त्य मा अध्यक्ष नुन प्रसाद सोमै मगर ले कार्यक्रम समापन गर्नु भएको थियो ।