प्रगतिमार्ग टोलविकास संस्थाको साधारणसभामा सम्मान र सहयोग

Read Time:2 Minute, 47 Second

हुम तमु, पोखरा, २३ भदौ, पोखरा ८ स्थित प्रगति मार्ग टोल विकास संस्थाको आज आठौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा २०६८ सालको एसएलसीमा टोलका सदस्यका उत्कृष्ठ दुइ छोराछोरी सुस्मिता लामिछाने र सागर आचार्यलाई सम्मान पत्रसहित जनही पाँच पाँचबाट पुरस्कृत गरिएको थियो भने समाजका ७५ वर्षभन्दा जेष्ठ नागरिक पवित्रा पौडेल, इन्द्रप्रसाद पौडेल, चन्द्रकला पौडेल, तिलकराम ढुंगाना र शिवनाथ पौडेललाई कार्यक्रमका प्रमुख अतिथी वचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष भिम गुरुङ र टोलका अध्यक्ष रोमनाथ वराल लगायतले सम्मान गर्नुभयो ।
कार्यक्रममा, नेपाल पत्रकार महासंघ कास्कीको निर्माणाधिन भवनको सहयोगार्थ भवन निर्माण समितिका कोषाध्यक्ष हुमबहादुर तमुलाई संस्थाका तर्फबाट अध्यक्ष बरालले दुइ हजार पाँच सय रुपैयाको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी भिम गुरुङले सहकारीताबाटै समाजको विकाश हुने दावी गर्नुहुदै देश निर्माणका लागि टोल विकास संस्थाहरु नै जुट्ने पर्ने बताउनुभयो । साधारणसभामा संस्थाका सचिव इन्दिरा काफ्लेले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष सितादेवी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष रोमनाथ वरालको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय माविका प्रधानाध्यापक नारायणप्रसाद पराजुली, नेपाली काग्रेस नगर सभापति विष्णुहरी वराल, जनप्रिय उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष परशुराम वराल, नरेन्द्र मित्रकोटी, विजेन्द्र नारायण विजुक्छे, तारा गिरी, हरिप्रसाद लामिछाने, हरिप्रसाद वराल, यदुनाथ अधिरकारी, टिका निधी वराल, पदम बस्ताकोटी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थामा पोखरा इञ्जिनियरीङ कलेजदेखि दक्षिण रत्नचोकसम्मका १८२ घर आवद्ध रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %