पार्टी मिलाउन नसक्नेले देश चलाउन मिल्दैन : काग्रेस नेताहरु

Read Time:9 Minute, 19 Second

३ नेतालाई एक ठाउ राखेर मात्रै एकता हुदैन : सभापति कोईराला

देब पचभैया, पाल्पा, भाद्र २२, नेपाली काग्रेसका जिल्ला नेता, अंचल संयोजक तथा केन्द्रिय सदस्यहरुले पार्टी एक नभएसम्म सरकारको नेतृत्व गर्न नमिल्ले बताएका छन् । पहिले पार्टी भित्रको आन्तरिक गुटबन्दी हटाउन र पार्टीलाई एक ढिक्का बनाउन उनीहरुले शिर्ष नेतृत्वलाई सुझाब दिएका छन् ।
सरकार बनेपनि पार्टीकै कारण अप्ठ्यारोमा पर्ने उनीहरुको तर्क छ ।

आज बाट पाल्पाको तानसेनमा सुरु भएको कांग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिस्थान पश्चिमाञ्चल स्तरिय  महासमिति सदस्यहरूको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनीहरुले पार्टी भित्रको बैमनस्यताले पार्टी नुन खाएको कुखुरा जस्तो भएको गुनासो गरेका हुन् । पार्टी नुन आएको कुखरा जस्तो बनेको छ उनीहरुको आग्रह थियो अब जुस खाएर बलियो बनाउनु पर्यो ।

मन्चमा बसेका काग्रेस सभापति सुशिल कोईराला, बरिष्ठ नेता शेर बहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण शिटौला, पुर्व महामन्त्री विमलेन्द्र निधीलगायतका केन्द्रिय नेताहरुले उनीहरुको भनाईलाई टाउको हल्लाएर स्वीकार गरेका थिए भने  कार्यकर्ताहरुले पार्टी एकताको कुरा उठ्ना साथ ताली पिटेका थिए ।
पुर्ब सासद हरी नेपाल, तानसेन नगरकमिटि प्रमुख चकोरमान शाक्य, महिला संघका अध्यक्ष डिला संग्रौला, केन्द्रिय सदस्यहरु राजन पन्त, सुरेन्द्र पान्डे, पुर्ब सभामुख तारानाथ दाहाल, प्रतिस्थानका सदस्य नारायण दत्त मिश्र, गण्डक संयोजक कृष्ण नेपाल  लगाएतका बक्ताहरुले एउटै पार्टीका नेताहरु तिनतिर फर्किएकाले ईतिहास रचेको  नेपाली काग्रेस हराउन लागेको भन्दै गुनासो गरेका थिए । नेताहरु तिनतिर फर्किएर पार्टी अप्ठ्यारोमा परेको उनीहरुले गुनासो गर्दा सभापति कोईराला र बरिष्ठ नेता देउबा एकै तिर फर्किएर अंकमाल गरेका थिए ।  द्धन्द्ध कालमा समेत बिचलित नभई गाउ गाउमा आफुहरुले योगदान गरेर बचाएको पार्टीलाई केन्द्रिय नेताहरुको जुहारीले अप्ठ्यारोमा नपार्न उनीहरुले चेतावनी दिएका थिए ।झण्डै ६ घण्टा चलेको उद्घाटन शत्रमा बोल्ने अधिकांस बतmाहरुले पार्टी सहमतिमै जोड दिएका थिए ।

३ नेतालाई एकै ठाउ राखेर सहमति हुदैन : सभापति

यसै बिच ३ जना नेतालाई एकै ठाउ राखेरमात्रै पार्टीको आन्तरिक समस्या हल नहुने भन्दै काग्रेस सभापति सुशिल कोईरालाले आफुहरुको गल्ती र कमजोरी औल्याईदिन कार्यकर्ताहरुलाई अपिल गर्नु भएको छ । सहमति गर्नु भनेर जहा, जसले पनि त्यही मात्रै भन्छन्, उहाले भन्नुभयो, मेरो, देउबाजीको या रामचन्द्रजीको कस्को गल्ती छ भन्दिन पर्यो हामी सुध्रिन तयार छौ । पार्टीको बिधान पल्ट्याएर गल्ती गर्नेले सजाय भोग्नु पर्ने उहाको भनाई छ । पार्टीमा गुट बन्दी हुनुमा कार्यकर्ताको पनि दोश रहेको कोईरालाको आरोप छ । तपाईहरु पनि  कुन नेताको मान्छ े भन्ने हुन्छ, उहाले भन्नु भयो,  तपाई पहिले नेताको होईन पार्टीको मान्छे बनेर आउनुस हामी आफै सुध्रिने छौ ।
 
झण्डै एक घण्टा बोल्नु भएका सभापति कोईरालाले माओबादीलाई बिश्वास गर्ने काम गर्न आग्रह गर्नु भएको छ । ५ बुदे सझौता अनुसार सहमतिको सरकारको नेतृत्व अब नेपाली काग्रेसकै हुनुपर्ने भन्दै उहाले काग्रेस अगुवाईकै सरकार बन्ने पक्का भए नेतृत्व गर्ने ब्यक्तिको एक घण्टामै टुगो लगाउने दाबी गर्नुभयो ।

सभापति कोईराला अघि बोल्नु भएका बरिष्ठ नेता शेर बहादुर देउबाले बिगतमा ईतिहास रचेको पार्टी अहिले कमजोर बन्दै जानुमा पार्टी नेतृत्वले बिचार गर्नु पर्नेमा जोड दिनुभएको छ । ७ सालमा दुई तिहाई बहुमत, ४८ सालमा बहुमत तर अहिले पार्टी कमजो बन्दै गयो सभापति कोईरालालाई संकेत गर्दे उहाले भन्नु भयो  यसबारेमा पार्टी नेतृत्वले सोच्नु पर्यो । समय अनुसार पार्टी चल्न नसकेको भन्दै उहाले सबै जाति, धर्म, क्षेत्र लाई समेट्ने पार्टी बन्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यकर्ताहरुले  पार्टी एकतामा जोड दिदै गर्दा केन्द्रिय नेताहरुले संबिधान सभाको पुर्नस्थापना कि चुनाब भन्ने बिषयमा बेग्ला बेग्लै बिचार राखेका थिए । सभापति पक्षले पुर्नस्थापना हुनै नसक्ने बताएका थिए भने देउबा पक्षका नेताहरुले छोटो समयको लागी भएपनि संबिधान सभाको पुर्नस्थापना हुनुपर्ने जिकिर गरेका छन् ।

भोलि सम्म चल्ने कार्यक्रममा पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्ला बाट २ सय ४५ महासमिति सदस्य, १७ जना विभिन्न भातृ संगठन तथा सुभच्छुक संस्था, विदेश स्थित सम्र्पक समितिका प्रतिनिधीहरु र  जिल्लाका सभापति सहित करिव ३ सय जनाको सहभागिता छ ।
प्रशिक्षणले पार्टी र संगठनका अगुवा कार्यकर्ताले निर्वाह गर्ने भूमिका, केन्द्रको रणनीति तथा भावी योजनाको बारेमा प्रष्ट पार्ने बताईएको छ ।
भेला तथा प्रशिक्षणमा उपसभापति रामचन्द्र पौडेलले लोकतान्त्रिक समाजवादको राजनीतिक पक्षँका बिषयमा र अर्थविज्ञ चिरञ्जीवी नेपालले आर्थिक पक्षका बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै, केन्द्रिय सदस्य धनराज गुरुङ्ले नेपालमा संघीयताको सैद्धान्तिक तथा व्यहारिक पक्ष साथै चन्द्र भण्डारीले संघीयताको सैद्धान्तिक पक्षमा कार्यपत्र प्रस्तुत गर्नेछन् । महासमिति सदस्यहरुको कार्यक्षँेत्र र भूमिकाका बिषयमा कांग्रेसका नेता डा. प्रकाशशरण महत र डा. यज्ञ अधिकारीले कार्यपत्र पेश गर्नेछन् । यस्तै, संविधान सभामा नपाली काग्रेसको प्रस्तुतीमा युवा नेता गगन थापाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
 
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विनोद भट्टराई र सहप्राध्यापक देवराज चालिसेले प्रतिपक्षीहरुको प्रचार आक्रमण र प्रतिवाद बिषयमा कार्यपत्र प्रस्तुत गर्ने कांग्रेस पाल्पाले जनाएको छ । यस्तै डा. जगदीशचन्द्र पोखरेल र तनहुं सभापति धु्रव वाग्लेले नेपाली कांग्रेस सरकारको समयमा भएका आर्थिक तथा सामाजिक उपलब्धिका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रमको समापन अघि भोली (शनिबार) वर्तमान संक्रमणकालीन राजनीतिक गतिरोध र त्यसको निकास सम्बन्धमा प्रशिक्षणका सहभागि महासमिति सदस्य तथा पार्टी नेतृत्वबिच खुला सम्वाद हुनेछ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %