एमाले भित्रका जनजाति नेताहरुको पहलमा नयाँ पार्टी जन्मिदै

Read Time:3 Minute, 20 Second

एमाले भित्रका असन्तुष्ट जनजाति नेताहरु आफ्ना ९ बुदेँ माग सम्बोधन गर्न नेतृत्वले चासो नदेखाएको  भन्दै उक्त माग एमालेबाट सम्बोधन हुने संकेत नमिलेपछि नयाँ पार्टी गठनका लागि जुटेको बताएका छन् । जनजाति नेताहरुले आगामी दुई हप्ता भित्र नयाँ पार्टी गठन गर्न गरि काम सुरु गरेको स्रोतले बतायो । पार्टीको घोषणा पत्र राजनीतिक विचार धारा र विधान तयार गर्न छलफल भैरहेको छ । नयाँ दलको तयारी पूरा भए लगतै एमाले भित्रका असन्तुष्ट जनजाति नेताहरुले सामूहिक राजीनामाको योजना बनाएको बुझिएको छ । तर एमाले भित्रैका केही जनजाति नेताहरु भने एमालेमा  बस्ने निर्णय गरेका छन् । पृथ्वी सुब्वा गुरुङ, दलबहादुर राना लगायतका नेताहरु एमाले भित्रै बसेर आफ्ना मुद्धालाई उठाइरहने बताए । राजेन्द्र श्रेष्ठ, विजय सुब्वा, अजम्बर काम्वाहङ राई र अशोक राई समेतका नेताहरु भने नयाँ पार्टी निर्माणका लागि जुटेका छन् । एमाले उपाध्यक्ष अशोक राई  र रामचन्द्र झालाई मुख्य जिम्मेवारी दिएर पार्टी खोलिने स्रोतले बतायो ।  उनीहरुले नयाँ पार्टीको नाम संघीय समाजवादी पार्टीको प्रस्ताव गरेका छन् । यस अगाडि एमाले परित्याग गरेका र केही अन्य जनजाति अधिकारवादीहरुद्धारा छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ पार्टीमा  उनीहरु नजाने निश्चित भएको छ । पार्टीको घोषणा पत्र र नाम यस अगाडि नै सार्वजनिक भएको उक्त पार्टी निर्माणलाई अन्तिम रुप दिन कार्यदल मार्फत् काम भैरहेको छ । कार्यदलका संयोजक डा. चैतन्य सुब्वाका अनुसार आगामी असोज १६ मा नयाँ पार्टी पूण आकारमा घोषणा हुने छ । तर एमाले छाड्ने तयारीमा रहेका जनजाति नेताहरु उक्त पार्टीमा नजाने भएपछि जनजातिहरुको सब भन्दा ठूलो पार्टी बन्ने यस अगाडि बताए पनि सबैलाई समेट्न भन्दा आफ्नो विचार समूह अनुकूलको पार्टी बनाउँन नेताहरु सक्रिय बनेका छन् । यस अगाडि झन्डै दुई दर्जन जति जनजातिको नाममा खुलेका दलहरु जनताहरुबाट त्यसै विलाइसकेको अवस्थामा अब पनि त्यसरी नै स– साना दलहरु गठन गरिदा राजनीतिक रुपमा स्थापित गर्न निश्चित रुपमा गाह्रो हुन्छ नै जनजातिको साझा मुद्धालाई सम्वोधन गराउँन पनि कठीन बन्ने छ ।

        (राज्यसत्ता नेपाल व्युरो )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %