सेना समायोजनमा उमेर र शिक्षाको विषयलाई लिएर विवाद उत्पन्न भए पछि पहिलो चरणको सेना समायोजन कार्य रोकिएको निकै लामो समय पछि अबरुद्ध माओवादी लडाकूको नेपाली सेनामा समायोजन कार्य बिहीबार देखि सुरु भएको छ । समायोजनमा जाने लडाकूका लागि नेपाली सेनाको भर्नाका लागि फर्म भर्ने काम चितबनको शक्तिखोरबाट सुरु गरिएको छ । भर्ना प्रक्रिया अवरुद्ध भए पछि घर विदामा गएका लडाकूहरु समेत शिविर आउने क्रम जारी रहेको बताइएको छ । सेना समायोजन समितिका संयोजक बालानन्द शर्माका अनुसार भर्नाका लागि बाँडिएको फर्म दर्ता गरि उपयुक्त संख्यामा पुगे पछि मापदण्ड र प्रकृया सुरु हुन्छ । समायोजन कार्यमा उमेर अनुसारको तनरुस्ती हेरिने र लिखित परीक्षा समेत गरिने छ । नागरिकताको आधारमा विवरण दिएर भर्ना कार्य अगाडि बढाउँने सहमति विशेष समितिले गरेको थियो । सेना समायोजन विशेष समितिका अनुसार भदौ ६ देखि सिपाइँ लगायतका तहमा भर्ना प्रकृया अगाडि बढेको छ । भदौ २७ देखि अधिकृत पदका लागि भर्ना सुरु हुने छ । समायोजनमा नपरेका लडाकूले स्वइच्छिक अवकास वा पुनःस्थापनामा जान पाउँने व्यवस्था यस अगाडि नै भएको थियो ।
(राज्यसत्ता नेपाल व्युरो )
