अमेरिकाले नेपालका माओवादी माथि लगाउँदै आएको आतंकारी सूची बिहीबार देखि हटाएको छ । अमेरिकी विदेश मन्त्रालयले बिहीवार एक प्रेस विज्ञप्ति जारी गरि नेपालका माओवादीलाई विगत आठ बर्ष यता लगाएको आतंकवारी सूचीबाट हटाएको जनाएको छ । माओवादीले आफूलाई लगाउँदै आएको आतंकारीको विल्ला हटाउँन अमेरिकी विदेश मन्त्रालय र दूतावासमा समेत अपील गरेको थियो । नेपालका माओवादीलाई आतंकवादी सूचीबाट हटाउनु पछाडि अमेरिका नेपालका माओवादीसंग नरम नीति अपनाउँन चाहेको अथ्र्याउँन थालिएको छ । शसस्त्र युद्धका बेला माओवादीले अमेरिकी दूतावासका सुरक्षा गार्डको हत्या गरे पछि अमेरिकाले माओवादीलाई सन् २००४ देखि आतंककारी सूचीमा राखेको थियो । सूचीबाट हटाए पछि माओवादी पछि माओवादी पार्टी र त्यससंग सम्बन्धित संस्थाहरुको अमेरिकामा रहेको सम्पति खुल्ला हुने र माओवादीलाई सहयोग गर्न चाहने अन्तराष्ट्रिय संस्थालाई समेत सहयोग गर्न बाटो खुल्ला हुने छ ।
(राज्यसत्ता नेपाल व्युरो )
