म्याग्देली, युकेबासीद्वारा सहयोग गरिएको एम्बुलेन्सको सेवा शुभारम्भ

म्याग्दी, म्याग्दी घरभई विभिन्न पेशा, व्यवसायका लागि विभिन्न समयमा बेलायतमा बस्दै आएका म्याग्देलीहरुले जिल्लालाई एकै पटक तीनवटा एम्बुलेन्स सहयोग गरेर नेपाल रेडक्र्स सोसाइटी, म्याग्दी स्थापना भएको स्वर्ण जयन्ती समारोहको उपलक्ष्य पारेर एकै पटक तीनवटा एम्बुलेन्सको सेवा शुभारम्भ गरेका छन् ।
 
  म्याग्दी प्रवासी नेपाली संघ, बेलायत (मोना, युके) ले म्याग्दीको पश्चिम भेग दरबाङ, अर्थुङे र उत्तरी भेग भुरुङ तातोपानीका बासिन्दाको सुविधाका लागि यो व्यवस्था गरेका हुन् । बेलायतमा बसोबास गरिरहेका म्याग्देलीहरुबाट आफ्नो जिल्लाबासीहरुको लागि सहयोगत संकलन गरि एम्बुलेन्स उपलब्ध गराएको कुरा मोना युकेका अध्यक्ष योगकुमार फगामीले बताउनु भयो । गाउँ गाउँमा ग्रामीण सडक निर्माण भएतापनि गाउँका विरामीहरुले यातायातका साधन नपाएर अकालमै ज्यान गुमाउने समस्या थियो । यसर्थ सम्बन्धीत क्षेत्रमा नै गाउँका बासिन्दाको सुविधाको लागि एम्बुलेन्स सहयोग गरिएको कुरा अध्यक्ष फगामीको भनाई छ ।
  
  युकेबासी म्याग्दीहरुले आफ्नो गास काटेर सहयोग संकलन गरि यो एम्बुलेन्स उपलब्ध गराएका छन् यसको सही रुपमा सदुपयोग गरिने कुरा नेपाल रेडक्र्स सोसाईटी, म्याग्दीका अध्यक्ष लेखबहादुर हमालले जानकारी गराउनु भयो । एम्बुलेन्समा रक्तचन्दन तथा अनैतिक कार्य गरिएकै कारण गत फागुनमा नै सम्पन्न हुनु पर्ने यो कार्यक्रम सरकारले एम्बुलेन्स भित्राउने नीतिलाई रोक्का गरेकै कारण भन्सार छुट नपाउने भएको कारण सरकारको यो नीति परिवर्तन हुँदा सम्म पर्खेकै कारण अहिले मात्र सेवा शुभारम्भ भएको हो– अध्यक्ष लेखबहादुर हमाल । सेवा शुभारम्भ भएको अवसरमा म्याग्दी प्रवासी नेपाली संघका पदाधिकारी, रेडक्र्स सोसाईटीका सदस्यहरु, विद्यालयका जुनियर रेड्क्रसहरु, म्याग्दीका विभिन्न संघ, संस्था, उद्योग व्यवसायीहरु तथा सर्वसाधरणहरु बाजागाजाका सहित बेनी बजार परिक्रमा गरेका थिए ।
 
  एम्बुलेन्स सेवा शुभारम्भ तथा बाढी पिडितहरुलाई अष्ट्रेलियाबाट आएको सहयोग हस्तान्तरण कार्यक्रमको उद्घाटन जिल्ला प्रमुख अधिकारी कृष्णप्रसाद ज्ञवाली, मोना युकेका अध्यक्ष योगकुमार फगामी र संरक्षक योगेन्द्र क्षेत्रीले संयुक्त रुपमा गर्नु भएको थियो । यस अघि एम्बुलेन्स सदरमुकाम केन्द्रीत भएको गुनासो आउने गरेको थियो । यो एम्बुलेन्स भएपछि ग्रामीण क्षेत्रसम्म सेवा पुर्याउन सहज हुने कुरा नेपाल रेड्क्रस सोसाईटी, भुरुङ तातोपानीका अध्यक्षको भनाई थियो । यो भन्दा अगाडि महंगो मुल्य तिरेर बिरामीहरु ट्याक्सीमा पोखरा सम्म पुगेर सेवा लिनु पर्दथ्यो तर अब यी एम्बुलेन्सको कारण अलि सर्वसुलभ तरिकाबाट बिरामीहरु पोखरासम्म पुग्न सक्नेछन् भन्दै बेगखोला गाविस, महादेव माविका शिक्षक बिनोद फगामी भन्दै थिए ।
 
 
 मेजन पुन मगर
 — म्याग्दीबाट फर्केपछि