नवलपरासीमा दलित कार्यकर्ता भेला सम्पन्न

Read Time:2 Minute, 10 Second

गोविन्द घर्ति रुपन्देही, राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति नवलपरासीले दलित कार्यकर्ताहरुको भेला वर्दघाटमा सम्पन्न गरेको  छ । पार्टीका महासचिव केशव सूर्यवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलालाई पार्टीका स्थायीय समिति सदस्य तथा राष्ट्रिय दलित मोर्चाका केन्द्रीय अध्यक्ष रामु परियार, संघीय पपिरषद सदस्य तथा राष्ट्रिय आदिवासी जनजाति मोर्चाका केन्द्रीय अध्यक्ष कर्ण सुनारी, संघीय परिषदका सदस्य डिवी गुरुङ्ग, राष्ट्रिय दलित मोर्चा लुम्विनी ईन्चार्ज कृष्ण नेपाली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । भेलाले मोतीलाल सुनारको संयोजकत्वमा १३ सदस्यीय राष्ट्रिय दलित मोर्चा नवलपरासी जिल्ला समिति गठन गरेको छ । सो समितिले असोज २३ गते बर्दघाटमा राष्ट्रिय दलित मोर्चाको बृहत प्रथम जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष नर बहादुर ठाडाको अध्यक्षता र जिल्ला ईन्चार्ज लुम बहादुर खाम्चाको संचालनमा भएको भेलामा श्यामलाल वराल, भोजराज रणपाल, रामुपरियार, चन्द्र बहादुर रणपाल, हुम बहादुर बुचा, दुल बहादुर गुरुङ्गलाई पार्टीका महासचिव केशव सूर्यवंशीले पार्टीको सदस्यता प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा विभिन्न राजनैतिक पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %