६० हजार गोर्खाको काजकिरियामा जातिय संघ संस्थाले सघाउने

Read Time:3 Minute, 7 Second

हुम तमु, पोखरा, १८ भदौ, बेलायती साम्राज्यको पक्षमा विश्वयुद्धहरु र विभिन्न लडाइमा मारिएका ६० हजार  गोर्खाहरुको गोरखा भुतपूर्व सैनिक संघ गेसोले गर्ने काज किरियामा कास्कीका विभिन्न जातिय संघसंस्थाले सघाउने भएको छ । गेसोले आज पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा क्षत्री समाज नेपालका अध्यक्ष डा.दिलबहादुर क्षत्री, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, तमु धिं नेपालका महासचिव देविराज तमु, तामाङ धेदुङ कास्कीका अध्यक्ष दीपक तामाङ, थकाली सेवा समाज पोखराका अध्यक्ष अम्बर तुलाचन, नेवा खलः कास्कीका अध्यक्ष प्रकाशमान पालिखे, दुरा सेवा समाजका अध्यक्ष बुद्धिमान दुरा, ब्राम्हण समाज कास्कीका अध्यक्ष भेषराज लम्साल, किराँत सेवा समाजका पुरन राई, नेपाल मगर संघ कास्कीका धनबहादुर रानामगर, ह्योल्मो सेवा समाजका खड्गबहादुर ह्योल्मो लगायतले काजकिरियामा सघाउने प्रतिवद्धता व्यक्त गरेका हुन ।

मारिएका तथा वेपत्ता भई अन्तिम संस्कार नगरिएका १४ जातिगत समुदायका गोर्खाहरुको आआफनो जातिगत संस्कार अनुसार काज किरियाका लागि भदौ २४ गते धर्म गुरुहरु विच समेत गेसोले अन्तरक्रिया गर्नेभएको छ ।

६० हजार गोरखा सैनिकहरुको सम्झना र सम्मानमा स्याङजाको फेदीखोला साल्मेडाँडाँमा निर्माण गरिने गोरखा स्मारकको आउदो मंसिर १२ गते शिलन्यास गर्नुपुर्व उक्त स्थान मै किरिया गरिने गेसोका केन्द्रीय सभापति पदमबहादुर गुरुङले बताउनुभयो ।

कार्यक्रममा गेसोका सभापती गुरुङ गोर्खा आन्दोलन, गोर्खा स्मारकको निर्माणको उद्धेश्य र महत्व तथा ६० हजार गोर्खाको काजकिरिया किन भन्ने बारेका चर्चा गर्नुहुदै नेपालको वर्वादीको प्रमुख कारक अंग्रेज र नेपालको नालायक शासक भएको आरोप लगाउनुभयो । 

कार्यक्रममा पुर्वसभासद हितकाजी गुरुङ, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, अनिज कास्कीका अध्यक्ष हुम बहादुर तमु लगायत जातिय संस्थाका अगुवाहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %