भैरहवामा दुई दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 21 Second

गोविन्द घर्ति रुपन्देही १८, राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आयोजनामा भएको दुई दिने राजनैतिक प्रशिक्षण कार्यक्रम रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै पार्टीका संघीय परिषद सदस्य दल बहादुर विरकट्टाले जातीय पहिचान सहितको संघीयता सुनिश्चित भए संविधान सभाको पुनःस्थापनामा पार्टीले विचार गर्न सकिने बताउनु भयो । उहाले आदिवासी जनजातिहरुले जातीय अधिकार स्थापित गर्न जातीय पहिचान सहितको संघीयता हुनु पर्नेमा जोड दिनु भयो । पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षता, उपाध्यक्ष मधु रानाको स्वागत र सचिव भैरव थापाको संचालनमा भएको प्रशिक्षण समापन कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य होमाया गुरुङ्ग, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष बोम दर्लामी, जिल्ला सदस्य बिमला गुरुङ्ग, पार्टीका क्षेत्र नं ५ का अध्यक्ष रुम बहादुर फौजा, क्षेत्र नं ३ का छत्र दर्लामी लगायतले बोल्दै एमाले र काग्रेस संघीयताको विरोधी भएको आरोप लगाउनु भयो । प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका सम्पूर्ण पदाधिकारी, सदस्य, क्षेत्रीय समितिका पदाधिकारी, गाउँ समितिका पदाधिकारीहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा पार्टीका महासचिव केशव सूर्यवंशी तथा संघीय परिषद सदस्य दल बहादुर विरकट्टाले वर्तमान राजनीतिक अवस्था र पार्टीको अवधारणमा प्रशिक्षण दिनु भएको जिल्ला सचिव भैरव थापाले जानकारी दिनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %