संघीयताको विवाद जनमतसंग्रहबाट छिनोफानो गर्न तीन दलबीच सहमति

Read Time:1 Minute, 5 Second

संविधानका विवादित विषयमा सहमति गरि राजनीतिक गरिरोधलाई निकास दिन तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच सुरु भएको वार्ताको श्रङखला जारी छ । शनिबार भएको प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको वार्तामा संघीयताको विवाद जनमतबाट टुग्याउँने विषयमा करीब सहमति जुटेको एक नेताले बताएका छन् ।

वार्तामा संघीयताको स्वरुप र अन्य विषयमा दलबीच सहमति कायम गर्न नसकिने ठानेर त्यसको जिम्मा जनमत संग्रहलाई लगाउँने कुरामा सहमति भएको माओवादीका नेता अग्नी सापकोटाले बताए । संविधानका विवादित विषयमा सहमति गरि आगामी हप्तासम्ममा संविधानसभाको पुनःसंस्थापना सहित राजनीतिक निकास निकाल्नमा नेताहरु जुटेको बताइरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %