तमु धिं नेपालको महाअधिवेशन असौज २७ गते

Read Time:1 Minute, 45 Second

हुम तमु, पोखरा, १६ भदौ, तमुहरुको साझा र पुरानो संस्था तमु धिं नेपालको २८ औं वार्षिक साधारणसभा तथा महाधिवेशन आउदो असौज २७ गते तमु धिं नेपालको प्राङ्गण नयाँ बजारमा हुने भएकोछ ।
तमु धिं नेपालको आज सम्पन्न बैठकले महाधिवेशनबाट आगामी चार वर्षका लागि नेतृत्व चयन गर्नका लागि तमु धिं नेपालका सल्लाहकार अधिवक्ता कृष्णबहादुर तमु निर्वाचन अधिकृत, सल्लाहकार अम्वरबहादुर तमु र वराल डाडा तमु समाजका अध्यक्ष सुवेदार टंकबहादुर तमु सदस्य रहेको निर्वाचन समिति समेत गठन गरेको छ ।
यसैविच तमु धिं नेपालका सदस्यहरुलाई असौज १५ गतेभित्र सदस्यता नविकरण गरिदिनुहुन पनि आग्रह गरिएको छ ।
यसैगरी हरभरा सुन्दर पोखरा निर्माणका लागि वार्षिक कार्यक्रम अन्तरगत भदौ महिनभित्र बृक्षारोपण गर्ने निर्णय गरेको छ । वृक्षारोपणका लागि कर्णेल उदिम बहादुर तमुको संयोजक रहेको समिति गठन गरिएको छ ।
यसरी नै तमु धिं नेपालको मुखपत्र तमु सुँ प्रकाशनका लागि महासचिव देवीराज तमुको संयोजकत्वमा प्रकाशन समिति र तमु धि नेपालका केन्द्रीय सदस्य सरस्वती तमुको संयोजकत्वमा आर्थिक समिति समेत गठन गरेको तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %