सामाजिक सचेतना विना समाजको विकास हुन नसक्ने

Read Time:1 Minute, 52 Second

गोविन्द घर्ति रुपन्देही, सामाजिक सचेतना विना समाजको विकास हुन नसक्ने रुपन्देहीको देवदह–३ सरनवारीमा आयोजित एक कार्यक्रमका वक्ताहरुको भनाई रहेको छ ।  नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको आयोजना र देवदह गाउँ समितिको व्यवस्थापनमा भएको मगर जाती र सामाजिक सचेतना विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताउनु भएको हो । अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मगरहरुको पहिचान दिन प्रति दिन गुम्दै गएको हुदा आफनो पहिचान जोगाउन सम्पूर्ण मगरहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् । अध्यक्ष दल बहादुर विरकट्टाले बताउनु भएको छ । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका उपाध्यक्ष गीता सारुको अध्यक्षता र सचिव कमला पुनको संचालनमा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टामगर, नेपाल गमर संघ देवदहका सहसचिव श्याम थापा, कोषाध्यक्ष खरसिं श्रीस, मगर संस्कृति संरक्षण देवदह ३ का मेख बहादुर गाहा, सरनकाली कृषि सहकारी संस्थाका मान बहादुर गाहा, मगर चलचित्र कर्मीका श्याम थापा, भिम राना लगायतले बोल्दै  जातीय पहिचान विनाको संघीयतामा सम्झौता गर्न नहुनेमा जोड दिनु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %