गोविन्द घर्ति रुपन्देही, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको नियमित घुमती बैठक देवदह ३ सरनवारीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षतामा बसेको बैठकले प्रथम सहीद लखन थापाको शालिक निर्माणका लागि अध्यक्ष विरकट्टाको अध्यक्षतामा ५ सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा सकुन्तला पुन, जनक थापा, माथवरसिंह सलामी, पहल सिं राना रहनु भएको छ । त्यसै गरी बैठकले मगरहरुका विवाहमा दुल्लाहा तथा दुल्हीलाई मगर डेस्र लगाउन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले मगरहरुको संस्कृति पहिचान गर्न र संरक्षण गर्न धनीआलेको संयोजकत्वमा उपसमिति गठन गरेको छ । त्यसै गरी बैठकले नेपाल मगर महिला संघ बुटवलनगर समितिको भवन निर्माणका लागि १० हजार सहयोग गर्ने निर्णय गरेको सचिव कमला पुनले बताउनु भयो । नेपाल गमर संघ जिल्ला समितिको नियमति बैठक विभिन्न गाउँ समितिमा राख्ने निर्णय अनुसार यो पहिलो बैठक देवदह ३ को सरनवारीमा सम्पन्न भएको अध्यक्ष विरकट्टाले बताउनु भयो । जिल्ला सचिव कमला पुनको संचालनमा भएको बैठकमा संघका भातृ संस्थाका प्रमुख तथा सल्लाहकारहरुको सहभागिता रहेको थियो ।
प्रथम सहीद लखन थापाको शालिक निर्माणको लागि समिति गठन
Read Time:1 Minute, 42 Second
